४ वैशाख २०८१ मंगलबार
समाज

प्रदेश २ मा कोरोना: तीन सय २३ संक्रमित थपिए

प्रदेश २ मा मंगलबार ३२३ नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै सक्रिय संक्रमितको ३ हजार ४ सय ९५ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा ८७, बारामा २४, रौतहटमा ४, सर्लाहीमा ३, महोत्तरीमा ४१, धनुषामा ८०, सप्तरीमा ४०, सिरहामा ३८ जना संक्रमित थपिएका छन्।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी पर्सामा १७२६, बारामा ३४०, रौतहटमा १८३, सर्लाहीमा १६, महोत्तरीमा २६३, धनुषामा ६९२, सिरहामा ११४ र सप्तरीमा १६१ जना छन्।

सक्रिय संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि मंगलबारबाट धनुषा प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। पर्सामा गत बिहीबारबाट नै निषेधाज्ञा जारी छ। महोत्तरीमा बुधबारबाट निषेधाज्ञा जारी हुँदैछ।

प्रकाशित: २१ वैशाख २०७८ १४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App