६ आश्विन २०८१ आइतबार
image/svg+xml

कोराेनाको संक्रमण भयावह बन्दैः सुदूरपश्चिममा एकै दिन १४ को मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको संक्रमणले अवस्था भयावह बन्दै गएको छ । सुदूरपश्चिममा पछिल्लो एक सातायता संक्रमणले मृत्युदर बढ्दै गएको छ ।

दुई जनालाई कोरोना संक्रमण भएपछि वडा नै सिल

एकैसाथ दुई जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडालाई सिल गरिएको छ।

इनरुवामा २० बेडको कोभिड अस्पताल सञ्चालनको तयारी

कोरोना संक्रमण भई उपचारको आवश्यकता भएकालाई सुनसरीकाे सदरमुकाम इनरुवामा २० बेडको अस्पताल सञ्चालनको तयारी गरिएको छ ।

वैशाखयता बाँकेमा कोरोना संक्रमणबाट ९७ जनाको मृत्यु

तीव्र रुपले कोरोना संक्रमण फैलिएपछि वैशाख महिनायता मात्रै बाँकेमा कुल ९७ जनाको मृत्यु भएको छ।

विहेभोजमा सहभागी ठूलो संख्यालाई कोरोना संक्रमण

निषेधाज्ञामा पनि सेवा दिँदै आएको काठमाडौंस्थित पाँचतारे होटल हायातका १८ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। विहेभोजको लागि भारतबाट आएका कालिगढबाट कर्मचारीमा कारोना सरेको होटल स्रोतले जनाएको छ।

संक्रमण दर ४३ प्रतिशत

पिसिआर र एन्टिजेन विधिद्वारा परीक्षण गरिएका कुल १६ हजार ७ सय ७० नमुनामध्ये झन्डै त्रिचालीस प्रतिशतमा संक्रमण देखिएको छ। यो संक्रमण दर (पोजेटिभिटी रेट) एक दिनअघि ४० प्रतिशत थियो।

सुदूरपश्चिममा एक सातामा ४० जनाको मृत्यु

दोस्रो लहरको संक्रमण सुरु भएपछि संक्रमितमा निमोनिया, श्वासप्रश्वासको समस्या बढी देखिएको छ। अक्सिजन चाहिने खालका बिरामी अस्पताल आउने गरेको सेती प्रादेशिक अस्पताल कोराना उपचार विभाग प्रमुख शेरबहादुर कमर बताउँछन्।

पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

एकैदिन ७ हजार २११ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र ३ हजार ५९५

पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिममा कोराेना संक्रमण भयावह बन्दैः एक सातामा ४० को मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको संक्रमण पछिल्लो एक सातायता तीव्र रुपमा बढेको छ । संक्रमणले अक्सिजनको सपोर्टमा राख्नुपर्ने गम्भिर प्रकृतिका बिरामीको संख्या र मृत्युदर पनि ह्वात्तै बढेको छ । गम्भिर प्रवृतिका संक्रमितलाई अक्सिजनसहितको शैया पाउनै मुस्किल हुने अवस्था सृजना भएको छ ।

कोरोना संक्रमणबाट बाँकेमा थप ४ जनाको मृत्यु

नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल र जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसन खजुरामा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ३ र बर्दियाका एक जना रहेका छन्।

बाँकेमा थप ९ जना संक्रमितको मृत्यु

शनिबार साँझसम्म कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या दुई सय ३८ पुगेको छ। जसमध्ये एक सय २० जना बाँके जिल्लावासी हुन् भने बाँकी एक सय १८ जना विभिन्न जिल्लाबाट उपचारका लागि नेपालगन्ज ल्याइएका व्यक्ति छन्।

समुदायमै संक्रमण फैलिएपछि इनरुवाको महेन्द्र चोक सिल

जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रमणको रोकथाम र नियन्त्रणको लागि महेन्द्र चोक सिल गरेको जनाएको छ।

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोनाको सामान्य लक्षण देखा परेपछि नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्