६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

संक्रमण दर ४३ प्रतिशत

एकै दिन ७२११ संक्रमित,२७ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पिसिआर र  एन्टिजेन विधिद्वारा परीक्षण गरिएका कुल १६ हजार ७ सय ७० नमुनामध्ये झन्डै त्रिचालीस प्रतिशतमा संक्रमण देखिएको छ। यो संक्रमण दर (पोजेटिभिटी रेट) एक दिनअघि ४० प्रतिशत थियो।

महामारीको फैलावटको हिसाबले यो अत्यन्त उच्च संक्रमण दर हो। विश्व स्वास्थ्य संगठनले मे २०२० मा तोकेको मापदण्डअनुसार कुनै पनि देशमा ५ प्रतिशतभन्दा कम पोजेटिभिटी रेट भएमा महामारी नियन्त्रणभित्रै रहेको मानिन्छ। यसैगरी विगत  २४ घण्टामा कोरोना संक्रमित २७ जनाको मृत्यु भएको छ । बाँकेमा मात्रै सातजनाको मृत्यु भएको नेपालगन्जस्थित नागरिककर्मीले जनाएका छन्। 

यीसमेत कोरोना महामारीका कारण नेपालमा कुल तीन हजार  सय २५ जनाको मृत्यु भएको छ । महामारीको दोस्रो लहरमा बालबालिका तथा युवा बढी प्रभावित देखिएका छन्। पछिल्लो २४ घण्टामा ६ सय तेईस बालबालिकामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार ९ वर्षमुनिका १ सय ६६ र १० देखि १९ वर्षका ४ सय ५७ बालबालिकामा संक्रमण देखिएको हो। यसैगरी यही अवधिमा २० देखि ३९ वर्ष उमेर समुहका तीन हजार ५ सय ७६ जनामा संक्रमण देखिएको छ। विगत २४ घण्टामा देखिएका कुल संक्रमितमध्ये यो झन्डै ५० प्रतिशत हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५ सय ९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। 

प्रकाशित: २० वैशाख २०७८ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App