coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कैलालीका प्रजिअलाई कोराना संक्रमण (अपडेट)

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई कोराना भाईरसको संक्रमण भएको छ। पिसिआर परीक्षण गर्दा रिजाललाई कोराना संक्रमणको पुष्टि भएकाे हाे। 

रुघाखोकीकाे  लक्षण देखा परेपछि स्वाब परीक्षणकाे लागि दिएको र बुधवार पिसिआर रिपोटको जाँच पोजेटिभ आएको उनले बताएका छन्। समान्य प्रकारको लक्षण रहेका उनी निवासकै आईसोलेसनमा रहेका छन।

कैलालीमा पछिल्लो दिन दोश्रो लहरको कोरानाको संक्रमण तीव्ररुपमा फैलिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या २ हजार नाघेको छ। पिसिआर जाँच गरेका १४ सय ६८ र एन्टिजेन जाँच गरेका ६ सय ८६ गरी २ हजार ९१ सक्रिय संक्रमित रहेका छन्। 

प्रकाशित: २३ वैशाख २०७८ ०४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App