५ आश्विन २०८१ शनिबार
image/svg+xml

संक्रमण दर २७ प्रतिशतमा झर्‍यो

महामारी व्यापक रूपमा समुदायका फैलिरहेको र पछिल्ला दिनहरूमा सहरमा भन्दा गाँउमा यो फैलँदो क्रममा रहेको पृष्ठभूमिमा परीक्षणको दायरा घट्नु व्यावहारिक नभएको विज्ञ बताउँछन्। महामारी नियन्त्रण गर्ने उद्देश्यले गत १ महिनायता काठमाडौंलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

रौतहटमा काेराेनाबाट मृत्यु हुनेको संख्या सय नजिक

रौतहटका कोरोना संक्रमितमध्ये लगातार दोस्रो दिन पाँच जनाको मृत्यु भएको छ । आइतबार विभिन्न जिल्लाका अस्पतालमा रौतहटका संक्रमितको पाँच जनाको मृत्यु भएकोमा सोमबार पनि विभिन्न अस्पतालमा थप पाँच जना संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तुमा काेराेनाबाट एक महिनामा १ सय ४७ जनाको मृत्यु

काेरोना संक्रमणको दोश्रो लहरमा कपिलवस्तुमा १ सय ४७ जनाको मृत्यु भएको छ । गत वैशाख १७ गतेबाट जेठ १६ को अवधिमा कोरोनाबाट त्यति जनाले ज्यान गुमाएका हुन् ।

थप ६ हजार ४९१ जना संक्रमणमुक्त, ११४ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ६ हजार ४९१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ।

यसरी जितियो कोरोना !

जताततै कोभिड–१९ को संक्रमण पुष्टि भएको खबर प्रवाह भइरहेको थियो । जनप्रतिनिधिका नाताले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई आफ्नो वडावासीलाई संक्रमणबाट ‘बच्ने र बचाउने’ विधिका बारेमा सचेत गराउँदै खटिइरहेका थिए ।

नेपालमा संक्रमण दर ३४ प्रतिशत

संक्रमणको दर बढि रहेको आकलन भइरहेका बेला सरकारले पछिल्ला दिनमा परीक्षण भने दिनदिनै घटाउँदै लगेकाे छ। संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ५ लाख ५७ हजार १ सय २४ जना पुगेका छन्। तीमध्येमा ३ लाख ५१ हजार १ सय १ जना दोस्रो लहरयता मात्र संक्रमित भएका हुन्।

एकै दिन रौतहटका पाँच संक्रमितको मृत्यु

केही दिनदेखि कोरोना संक्रमण हुने र मृत्यु हुने दर कम हुँदै गएको रौतहटमा एकै दिन पाँच जनाको मृत्यु भएको छ ।

कपिलवस्तुमा थप एक साता निषेधाज्ञा

चौथोपटक समयावधि बढाउँदै जेठ १८ देखि २४ जेठ सम्मका लागि निषेधाज्ञा थपिएको हो। जिल्लामा गत वैशाख २१ देखि निषेधाज्ञा जारी छ ।

४ हजार ३६९ जनामा कोरोना पुष्टि, ६ हजार २०५ संक्रमणमुक्त

कोरोना संक्रमणबारे तथ्यांक अद्यावधिक गर्दै मन्त्रालयले आइतबार नेपालमा ४ हजार ३ सय ६९ जना कोरोनाका नयाँ संक्रमित थपिएको जनाएको हो।

कोराेनाले श्रीमान गुमेपछि कुरुवा बसेकी श्रीमतीले पनि रोजिन् मृत्यु

गत वैशाख १६ गते सुरेश काठमाडाैंबाट घर फर्केका थिए। घर फर्के लगत्तै उनी संक्रमित भएका हुन्। सुरेशका बुवा दिल्लीमा मजदुरी गर्ने गर्छन्। ‘आर्थिक अवस्था कमजोर भएका दाजुले दिल्लीमा मजदुरी गरेर सुरेशलाई पढाएका हुन्’, उनले भने,‘एम.एस.सी गरेको छोरासँगै हाम्रा सपना पनि उडे।’

डोल्पा अस्पतालका डाक्टरमा पनि देखियाे कोरोना संक्रमण

डोल्पा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक नै कोरोनाको दोस्रो लहरबाट पीडित बन्न थालेका छन्।

तलब कटाएर दिए ताप्लेजुङ अस्पताललाई १ लाख

संस्थामा आवद्ध रहेका कर्मचारीभित्रबाट रकम संकलन गरी हस्तान्तरण गरिएको एचपिएफ जिल्ला परियोजना ताप्लेजुङका लेखा अधिकृत दिवस भण्डारीले जानकारी दिए।

नेपालमा संक्रमणदर १६ प्रतिशत घट्यो

नेपालमा एक महिनाअघि तीव्र रूपमा कोरोना संक्रमण भएको अवधिको तुलनामा शनिवार १६ प्रतिशत संक्रमणदर घटेको छ। एक महिनाअघि नेपालमा कोरोना संक्रमण दर ४४ देखि ४६ प्रतिशत थियो। शनिबार यो दर घटेर ३० प्रतिशतमा पुगेको छ।

कोरोनाबाट दुई महिनामा चार हजारको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा करिब दुई महिनाको अवधिमा ४ हजार १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्