५ आश्विन २०८१ शनिबार
image/svg+xml

स्वास्थ्यकर्मीको खादा ओढेर घर फर्किए कोरोना विजेता

कोभिड–१९ को संक्रमणमुक्त भएका व्यक्तिलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खादा ओढाएर विदाई गरिएको छ ।

२४ घन्टामा ९ हजार ८४१ जना संक्रमणमुक्त, ९६ को मृत्यु

नेपालमा २४ घन्टामा ९ हजार ८४१ जना संक्रमणमुक्त भएका छन्। यो सँगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ।

नेपालमा संक्रमण दर १३ प्रतिशत घट्यो

एक महिनाअघि ४६ प्रतिशतसम्म पुगेको संक्रमण दर बिहीबार ३३ प्रतिशत छ। यो दर बुधबार ३४ प्रतिशत थियो। गत २४ घण्टामा परीक्षण भएका २० हजार ९ सय ९२ वटा नमुनामध्ये ६ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।

'निषेधाज्ञामा चामल सकियाे ? हामीलाई फोन गर्नुस्'

उक्त निर्णयबाट बजारमा खाद्य सामग्री अभाव हुने चिन्ता बढेको बेला नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने खाद्य सामग्री अभाव नहुने जनाउँदै किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द भए पनि नआँतिन आग्रह गरेको छ।

कोरोनाबाट वडाध्यक्षको निधन

कोरोना भाइसरको संक्रमण भई उपचार गराई रहेका हिलिहाङ–४ का वडा अध्यक्ष श्रीप्रसाद सिगुको निधन भएको छ।

सुदूरपश्चिमका पहिलो प्रदेश प्रमुख मल्लको निधन

सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । काठमाण्डौको निदान अस्पतालमा उपचारका क्रममा रहेका मल्लको कोरानाको संक्रमणले बिहिवार बिहान २ बजेतिर निधन भएको उनका पुर्व स्वकिय सचिव धन सिंह क्षेत्रीले बताएका छन । निमोनियाको समस्यावाट ग्रसित मल्ल ज्वरोको लक्षण देखिएपछि एक साता अघि निदान अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । उनको स्वाव जाँच गर्दा कोराना संक्रमण देखिएको क्षेत्रीले बताए ।

संक्रमणभन्दा निको हुने संख्या बढी : संक्रमण ६७१४, निको ६७१६

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण हुने भन्दा कोरोनामुक्त हुनेको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तथ्यांक अपडेट गर्दै बुधबार ६हजार ७ सय १६ जना संक्रमणमुक्त भएको जनाएको छ।

कोरोना संक्रमणको अवस्था बुझ्न वडा–वडामा पुग्दै सिरिजङ्घा

समुदाय स्तरमै कोरोना संक्रमण फैलन थालेको आशंकामा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले वडा–वडामै पुगेर परीक्षण सुरु गरेको छ।

बेवास्ता गर्दा टोल–टोलमा संक्रमण

लक्षण नभएका वा हल्का लक्षण भएका संक्रमितले आफूलाई कोरोना नभई सामान्य रुघाखोकी लागेको हो भन्ने ठानेर हिँडडुल र भेटघाट गर्दा गाउँघरमा संक्रमण फैलिरहेको छ।

संक्रमण जितेका युवालाई फूलमाला र अविरसहित बिदाई

उपचारका लागि याम्खास्थित अस्थायी कोभिड अस्पतालमा राखिएका राईको मंगलबार गरिएको एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, डा. प्रमोद चौधरी, स्वास्थ्यकर्मी लगायतले फूलमाला र अबिर लगाएर बिदाइ गरेका हुन्।

थप १ सय ६९ जना संक्रमितको मृत्यु, ८ हजार ६३६ लाई संक्रमण

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६९ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ।

मनकारी काका भतिजः जसले महामारीमा दिए बिपन्न परिवारलाई दैनिक उपभोग्य बस्तु

सहयोग गर्ने भनेकै आपत परेको बेला हो। आपतको बेला पाएको सहयोगलाइ ठूलो ठान्नेहरुले भन्छन् पनि ‘यो बेला सहयोग लिनेहरुको पनि संकट टर्छ, दिनेहरुलाई पनि आपत टारे बापत पुण्य प्राप्तिको बाटो खुल्छ।’

आउँदो चार सातामा संक्रमण घट्दै जान्छ: स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चार सातापछि कोरोना भाइरसको संक्रमण घट्न सक्ने बताएका छन्।

संक्रमणको जोखिम गाउँमा बढ्यो

गाउँमा गत वर्षको तुलनामा यो वर्ष क्वारेन्टिनको उचित व्यवस्था नहुनु, जनस्वास्थ्य मापदण्ड पालनामा बेवास्ता, निषेधाज्ञाकै बीचमा हिँडडुल, होम आइसोलेसनमा बसेका संक्रमितका परिवारका सदस्यले मास्क प्रयोग नगर्नु र साबुनपानीले राम्रोसँग हात सफा नगर्नु जस्ता कारणले संक्रमण बढेको देखिन्छ।

कपिलवस्तुमा थप एक साता निषेधाज्ञा

आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना व्यवस्थापन समितिले गरेको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्