२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नेपालमा संक्रमण दर १३ प्रतिशत घट्यो

नेपालमा कोरोना संक्रमण दर पहिलाको तुलनामा १३ प्रतिशतले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। एक महिनाअघि ४६ प्रतिशतसम्म पुगेको संक्रमण दर बिहीबार ३३ प्रतिशत छ। यो दर बुधबार ३४ प्रतिशत थियो। गत २४ घण्टामा परीक्षण भएका २० हजार ९ सय ९२ वटा नमुनामध्ये ६ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।

थप संक्रमितसहित नेपालमा कोरोनाको दोस्रो लहरमा संक्रमित हुनेको संख्या २ लाख ८९ हजार ६ सय ९४ पुगेको छ। यीसमेत कुल संक्रमित संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ। हाल देशभरिमा १ लाख १६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ८ हजार ६ सय २६ जना होम आइसोलेसनमा छन् भने ७ हजार ८ सय ५० जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। उपचारमध्ये १६ सय ४५ जनाको आइसियु र ५ सय ५७ जना भेन्टिलेटरमा छन्।  

गत २४ घण्टामा नेपालमा कोरोनाबाट १ सय ६ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ। यीमध्ये ३ हजार ९ सय १९ जनाको चैत अन्तिम सातायता मृत्यु भएको हो। नेपालमा संक्रमण दर घटेसँगै मृत्युका घटनामा पनि केही कमी आएको तथ्यांकले देखाएको छ।

प्रकाशित: १४ जेष्ठ २०७८ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App