२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

२४ घन्टामा ९ हजार ८४१ जना संक्रमणमुक्त, ९६ को मृत्यु

नेपालमा २४ घन्टामा ९ हजार ८४१ जना संक्रमणमुक्त भएका छन्। यो सँगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ। 

यस्तै, ६ हजार ९५१ जना काेराेना भाइरसबाट संक्रमित थपिएका छन्। २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ।  

हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ। नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ।

त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ।

प्रकाशित: १४ जेष्ठ २०७८ १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App