३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ : नेता बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुने टिप्पणी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसहित चार शीर्ष नेताबिच संवाद भएको चर्चाबिच हुने यस्तो बताएका हुन्।

बुधबार सामाजिक सञ्जाल एक्समा सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको आशामा हिउँ बर्साएको भन्दै व्यंग्य पनि गरेका छन्।

उनले लेखेका छन्, ‘सर्वोच्चले संसद् पुनः स्थापनाको आशामा हिउँ बर्साएछ, अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ, जसलाई जित्नु छ। फेरि चुनावमा गठबन्धन नेताको मनबन्धन जनताको हुन्छ। गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ। अन्तिममा म्याच फिक्सिङको मौका भने छदैँछ।’

बास्कोटा एमालेभित्र संस्थापनविरुद्ध फरक मत राख्दै आएका छन्। 

प्रकाशित: २१ माघ २०८२ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App