नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूले राखेको मतका कारण शेरबहादुर तामाङ सार्वजनिक रूपमा आफूविरुद्ध लागेको आरोप लगाएका छन्।
उनले आफ्नो मत राखेकै कारण अनावश्यक रूपमा आक्रमण भएको भन्दै विगतको राजनीतिक इतिहास हेर्नसमेत आग्रह गरेका छन्। यस्तै, तामाङ आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने र पटक-पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र भएको जिकिर गरे।
'भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रूपमा जाई लगेछन्,' उनले सामाजिक सञ्जालमा भने, 'म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन, पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन। ०३८ यताका इतिहस हेरौ न।'
प्रकाशित: ३० फाल्गुन २०८२ १०:३३ शनिबार





