५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कपिलवस्तुमा काेराेनाबाट एक महिनामा १ सय ४७ जनाको मृत्यु

काेरोना संक्रमणको दोश्रो लहरमा कपिलवस्तुमा १ सय ४७ जनाको मृत्यु भएको छ । गत वैशाख १७ गतेबाट जेठ १६ को अवधिमा कोरोनाबाट त्यति जनाले ज्यान गुमाएका हुन् । पहिलो र दोश्रो चरण गरी जिल्लामा कुल १ सय ७५ जनाको कोरोनाका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बासुदेव पाण्डेयले बताए । 

यस्तै दोश्रो चरणमा २ हजार ९३२ जना संक्रमित भएका छन् । जसमध्ये १ हजार ७३९ निको भई घर फर्किसकेका छन् । यस्तै १ हजार ३ जना होम आइसोलेसनमा छन् । जिल्लामा अहिले कुल १ हजार ४६ जना सक्रिय संक्रमित छन् । यस्तै सुरूदेखि अहिलेसम्म जिल्लामा कुल छ हजार १५ जना संक्रमति भएका छन् । 

एक साता यति जिल्लामा संक्रमितको र मृत्युको दर समेत घटेको वरिष्ठ जनस्वास्थ्य अधिकृत पाण्डेयले बताए । उनले उत्तरी पालिकाहरु बाणगंगा, बुद्धुभुमी, शिवराज रे बिजयनगरले एन्टिजेन र पिसिआर परीक्षण्को दायरा बढाएपछि दक्षिणी पालिकाले खासै नबढाएकाले अहिले संक्रमणको दर घटेको हुन सक्ने बताए । परीक्षणका लागि स्वास्थ्य कार्यालयसंग पर्याप्त किट रहेको भन्दै उनले परीक्षण, कन्ट्र्याक्ट ट्रेसिङको दायरा बढाउन आग्रह गरे । उनले पालिकाहरु यस विषमया सयममै गम्भीर हुनु पर्ने बताए ।

कपिलवस्तु अस्पतालमा मात्र ६८ जनाको मृत्यु  

कोरोनाको दोश्रो चरणमा कपिलवस्तु अस्पतालमा उपचार गराउन आएका मध्ये ६९ जनाको मृत्यु भएको छ । दोश्रो चरणमा कुल २ सय २६ जना अस्पतालमा उपचार नर्ग आएको मेसु किशोर बन्जाडेले बताए । त्यस मध्ये १ सय ४० जना सकुशल घर फर्किएको उनले बताए । अहिले अस्पतालमा २५ जना बिरामी उपचार गराईरहेका छन् ।  

कपिलवस्तुका लागि ८७ भाईल कोभिसिल्ड खोप

फागुन २३ गते अघि पहिलो खोप लिएर दोश्रो खोप लिन छुटकाहरुका निम्ती कपिलवस्तुमा ८७ भाईल खोप आएको छ । फागुन २३ गते अघि पहिलो खोप लिएर दोश्रो चरणको खोप लिनबाट बंचित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीका लागि मात्र सो खोप आएको हो । सुरक्षा निकाय र पालिकाबाट त्यसका लागि नामावली माग गरिए अनुसार ७ सय बढीको नाम आइसकेको वरिष्ठ जनस्वास्थ्य अधिकृत पाण्डेयले बताए । नामावली आएकाहरुलाई यही जेठ १९ र २० गते खोप लगाईने छ । खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालय, पिपरा र शिवराज सामुदायिक अस्पतालमा खोप केन्द्र संचालन गरिने छ ।

प्रकाशित: १७ जेष्ठ २०७८ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App