२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

४ हजार ३६९ जनामा कोरोना पुष्टि, ६ हजार २०५ संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ।  

कोरोना संक्रमणबारे तथ्यांक अद्यावधिक गर्दै मन्त्रालयले आइतबार नेपालमा ४ हजार ३ सय ६९ जना कोरोनाका नयाँ संक्रमित थपिएको जनाएको हो।

मन्त्रालयका  अनुसार सो अवधिमा कूल १० हजार ९८६ जनामा पीसीआर र १ हजार ७८४ जनामा एन्टिजेन परीक्षण गरिएको छ।  

सोही अवधिमा भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ पुगेको पनि मन्त्रालयले जनाएको छ। पछिल्लो समयमा कोभिड १९  संक्रमणको कारण १०९ जनाको निधन भएको पनि मन्त्रालयले अद्यावधिक गरेको छ।

प्रकाशित: १६ जेष्ठ २०७८ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App