coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

तलब कटाएर दिए ताप्लेजुङ अस्पताललाई १ लाख

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ह्युमन प्राक्टिस फाउण्डेसन(एचपिएफ)ले जिल्ला अस्पताल ताप्लेजुङलाई १ लाख रुपैयाँ प्रदान गरेको छ।

संक्रमण रोकथाम तथा नियन्त्रणमा आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थामा आवद्ध रहेका कर्मचारीभित्रबाट रकम संकलन गरी हस्तान्तरण गरिएको एचपिएफ जिल्ला परियोजना ताप्लेजुङका लेखा अधिकृत दिवस भण्डारीले जानकारी दिए।

ताप्लेजुङमा कार्यरत कर्मचारीले जिल्ला अस्पतालमै पुगेर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.सोनिङ लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए। शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा भौतिक पूर्वाधार, जनचेचना अभिवृद्धि, व्यावसायिक दक्षता विकास, शैक्षिक गुणस्तर सुधार सहितका कार्यमा लगानी गर्दै आएको उक्त संस्थाले लामो समयदेखि ताप्लेजुङलाई आफ्नो कार्य क्षेत्र बनाएर काम गरिरहेको छ।

प्रकाशित: १६ जेष्ठ २०७८ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App