५ आश्विन २०८१ शनिबार
image/svg+xml

ताप्लेजुङमा ६२ प्रतिशत संक्रमणमुक्त

जिल्ला प्रशासन कार्यालयले सोमवार मध्यान्ह सार्वजनिक गरेको विवरण अनुसार अहिले ३ सय ५७ जना मात्र सक्रिय संक्रमित रहेका छन्। कूल ९ सय ५ जनामा संक्रमण देखिएकोमा ५ सय ५९ जना संक्रमणमुक्त भएको प्रशासन कार्यालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २४०७ जनामा संक्रमण पुष्टि

पीसीआर विधिबाट १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जना गरी २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश थपिए १ मा ३ सय ३७ संक्रमित

मोरङमा १ सय ७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४, सोलुखुम्बुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमणदर घट्दै

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको छ। पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणदर १ प्रतिशत घटेर २३.३ प्रतिशत पुगेको छ।

जुम्लामा समुदायस्तरमा कोराेनाः दुई वडा सील

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै जुम्लाका दुई गाँउ सील गरेको छ।

नेपालमा थप ३७५० जनामा संक्रमण पुष्टि

९ हजार ५ सय ९८ पीसीआर परीक्षणमा २ हजनार७सय ९ जना र ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको हो।

खोप नलिएका र बालबालिका तेस्रो लहरको जोखिममा

अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्। नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको तर्क छ।

२४ घण्टामा ४३४४ कोरोना संक्रमित

सो अवधिमा एन्टिजेन विधिबाट ४ हजार ५ सय ६८ जनाको परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार ७४ जनाको परीक्षण गर्दा ३ हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ४,४७२ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो समय नेपालमा कोरोनाभाइरस संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जुम्ला कारागारमा १५ जनामा कोरोना संक्रमण पुष्टि

कारागार भित्रका दुई महिला र १ सय २१ पुरुष गरी १ सय २३ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा १५ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जेलर गयाप्रसाद पाण्डेले जानकारी दिए।

कपिलवस्तुमा थप एक साता निषेधाज्ञा

एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो। जेठ २४ देखि ३१ जेठ सम्मका लागि निषेधाज्ञा थपिएको हो। जिल्लामा गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ।

कोराेनाको दोश्रो लहरको बेला भारतबाट फर्केकालाई क्वारेन्टिनमा राखिएन

‘गत वर्ष ६७ हजारसम्म क्वारेन्टिनमा बसेका थिए’, स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक गुणराज अवस्थीले भने,‘यस पटक भारतबाट फर्केकालाई क्वारेन्टिनमा राखिएन ।’

धादिङमा अक्सिजन मिनिप्लान्ट जडान

धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको छ । नीलकण्ठ नगरपालिकाले ३३ लाख लगानीमा २ वटा मिनि अक्सिजन प्लान्ट जडान गरिएको हो । यो अक्सिजन प्लान्ट जिल्लाकै पहिलो हो ।

संक्रमणकैबीच निषेधाज्ञा खुकुलो पार्ने तयारी

कोरोना रोकथामको लागि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा विस्तारै कडा पार्दै लगिए पनि संक्रमण अझै बढिरहेको छ। तर आर्थिक वर्ष सकिन १ महिना हाराहारी बाँकी रहँदा सरकारले केही खुकुलो पार्ने तयारी गरेको छ।

ताप्लेजुङमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ११ पुग्यो

ताप्लेजुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। मंगलबार मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी ८१ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि मृतक संखया ११ पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्