१५ वैशाख २०८१ शनिबार
image/svg+xml

खनेर छाडेको खाल्डोमा खस्दा प्रहरी सहायक हवल्दारको मृत्यु

मुग्लिन–नारायणगढ सडकमा पुल बनाउन खनेर छाडेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ।

खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका-४ जिंगडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ।

बानेश्वरको बीच सडकमै खाल्टो

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निउरेले संसद भवनतर्फबाट आएको ढलको मंगाल र पाइप दुवै फुटेर सडक भासिएको बताए। उनका अनुसार ५०औं वर्ष पुरानो जीर्ण ढल र मंगाल फुटेर सडकमा खाल्डो परेको हो।

बानेश्वरको मुल सडक भासियो! (फाेटाेफिचर)

सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो। त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको छ।

खाल्डोमा भेटियो पुरुषकाे शव

सामान्य पानी जमेको खाल्डोमा रंगेली–१ का ६२ वर्षीय दीपक सुन्दासलाई मंगलबार साँझमा मृत अवस्था भेटिएको मोरङ प्रहरीले जनाएको छ।

खाल्डोमा डुबेर बालिकाको ज्यान गयो

गोरखाको पालुङटार नगरपालिका ६ च्याङ्लीस्थित पौवाटार–सेरा सडक खण्डको छेउमा रहेको खाल्डोमा डुबेर एक बालिकाको ज्यान गएको छ।

खाल्डोमा डुबेर दुई बालकको मृत्यु

खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । देहिमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका–२ सुन्दरखालीमा होमपाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाण्डौंका राम लावडका १४ वर्षीय छोरा अंकित र तारा लावडका ११ वर्षीय छोरा सन्दिपको मृत्यु भएको हो ।

कलैयाका सडकहरुमा खाल्डै खाल्डो

जिल्लाको सदरमुकाम समेत रहेको कलैया उपमहानगपालिकाको कलैया बजार क्षेत्रको सडकहरुमा बर्षाले गर्दा खाल्डै खाल्डो भएको छ । सडकमा खाल्डै खाल्डो भएपछि सवारी साधनको साथ साथै सर्वसाधारणहरुलाई समेत आवतजावत गर्नमा समेत समस्या भएको छ।

बहाना बन्यो कोरोना : सडकमा पोखरी

दाङको भालुवाङ हुँदै प्युठान, रोल्पा जोड्ने मुख्य सडक समयमा मर्मत नहुदा समस्या सुरु भएको छ । हरेक वर्ष असार लागेपछि मर्मतमा जुट्ने सडक डिभिजन कार्यालयलाई यो वर्ष कोरोना कहर बहाना भएको हो ।

घरभित्रै गाडेको अवस्थामा भेटियो पुरुषको शव

आफ्नै घरभित्र गाडिएको अवस्थामा बुधबार एक पुरुषको शव विराटनगरमा फेला परेको छ । विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय सत्यराम चौहानको शव उस सुत्ने खाट नजिकै खाल्डो खनेर गाडेर पुरेको अवस्थामा बुधबार साँझमा फेला परेको प्रहरीले जनाएको छ ।

रंगशाला बनाउने खाल्डोमा डुबेर बालकको मृत्यु

रंगशाला बनाउन खनिएको खाल्डोमा डुबेर ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुमा १ बालकको ज्यान गएको छ।

खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

रौतहटको देवाही गोनाही नगरपालिकामा बाढीको पानी जमेको खाल्डोमा डुब्दा शनिबार दुई बालिकाको ज्यान गएको छ।

डोजरले खनेको खाल्डोमा डुबेर मृत्यु

सिन्धुलीको मरिण गाउँपालिका–७ बाह्रबिसेमा डुबेर सात वर्षीय बालक मनिष श्रेष्ठको मृत्यु भएको छ। मरिणखोलामा पौडी खेल्ने क्रममा खोलामा खनेको खाल्डोमा परी श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ।

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु

सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर तीनघरेमा इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

खाल्डोमा जमेको पानीमा डुबेर नाबालिकाको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर खोटाङमा नाबालिकाको मृत्यु भएको छ। महुरे–फोक्सिङटार सडक खण्डको किनारमा खाल्डो खनेर जमाइएको पानीमा डुबेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाकी २३ महिनाकी बालिका तुलसा बिश्वकर्माको मृत्यु भएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्