१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खनेर छाडेको खाल्डोमा खस्दा प्रहरी सहायक हवल्दारको मृत्यु

मुग्लिन–नारायणगढ सडकमा पुल बनाउन खनेर छाडेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ। बुटवलबाट मुग्लिन तर्फ जाने क्रममा उनी सवार मोटरसाइकल भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो स्थित पुल बनाउन खनेको खाल्डोमा  खस्दा मृत्यु भएको हो।

उनी सवार ग २३ प १५५९ नम्बरको मोटरसाइकल मंगलबार राति ११ बजेतिर अनियन्त्रित भई खाल्टोमा परेको थियो।

मोटरसाइकल खाल्डोमा खस्दा चालक रुपन्देही रुद्रपुर १ बस्ने गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङ दरबन्दी भई हाल अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत ३३ वर्षीय प्रहरी सहायक हवल्दार राना र पछाडि सवार रुद्रपुर १ बस्ने ३७ वर्षीय विकास कुमार पुन घाइते भएका थिए।

रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा गयराति ११ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए। अर्का घाइते पुनको अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको उनले बताए।

प्रकाशित: १८ माघ २०८० ०१:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App