२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खाल्डोमा डुबेर दुई बालकको मृत्यु

खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । देहिमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका–२ सुन्दरखालीमा होमपाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाण्डौंका राम लावडका १४ वर्षीय  छोरा अंकित र तारा लावडका ११ वर्षीय छोरा सन्दिपको मृत्यु भएको हो ।

सडक स्तरोन्नतीको काम भइरहेकाले होमपाइप राख्नका लागि बनाइएका खाल्डोमा बर्षातको पानी जम्मा भएको र खेल्ने क्रममा सोमबार दिउँसो साढे चार बजे तिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेल्नका लागि सडकमा जम्मा भएका ५÷६ जना मध्ये एकजना पहिला खाल्डोमा गएको र उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवै जना खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

घटनापछि प्रहरीको टोलीले दुवै जनाको शव खाल्डोबाट बाहिर निकालेको र घटनाबारे थप अनुसन्धान भइरहेका डिएसपी अधिकारीले जानकारी दिए ।

प्रकाशित: १ भाद्र २०७७ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App