६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

कोरोनाबाट एकैदिन ३० जनाको मृत्यु, मृतक संख्या १ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर ३० जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ। यो सँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३४ जना पुगेको छ।

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३

बाँकेमा कोरोना महामारी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। पछिल्लोपटक कोराना भाइरस सङ्क्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

धरानका थप ३ संक्रमित र इटहरीका एक जनाको मृत्यु

धरानका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। धरानका तीनै जना संक्रमितको घरमा मृत्यु भएको हो। धरानको वडा नं ८ का ६८ बर्षीय संक्रमितको हिजो आइतबार दिउँसो करिब ३ बजेतिर मृत्यु भएको हो।

दसैंको मुखमा गाउँ झन् जोखिममा

दसैं नजिकै आएको बेला पाल्पामा कोरोना संक्रमण समुदाय तहमै फैलन थालेको छ। लकडाउन खुकुलो भएसँगै स्वास्थ्य सुरक्षामा लापरवाही र मानिसहरुको आवतजावत बढ्न थालेपछि कोरोना संक्रमण गाउँ गाउँमा देखिन थालेको छ।

उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

उपचार नपाएर संक्रमितले ज्यान गुमाइरहँदा र लक्षणसहितका बिरामी थपिइरहँदा पनि सरकारले कोभिड अस्पतालको क्षमता बिस्तारमा भने ध्यान दिएकै छैन। चैतमा तयार गरिएका कोभिड अस्पतालका संरचना अहिले बिरामीको चाप थेग्न सक्ने अवस्थामा छैनन्।

‘अक्सिजन थेरापीले बचाउन सक्छ’

‘इन्टरनेसनल जर्नल अफ इन्फेक्सियस डिजिज’ को सेप्टेम्बरको अंकमा प्रकाशित एक अध्ययनमा राति भाइरस बढी सशक्त हुने भएकाले अक्सिजन अभाव खड्किन नदिन फोक्सोका बिरामीले अक्सिजन थेरापी गर्नुपर्ने उल्लेख छ।

राजधानीले बढायो संक्रमण, सचेत नभए स्थिति भयावह हुने चेतावनी

लुम्बिनी प्रदेशका कानुनमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीलाई गत शुक्रबार कोरोना पुष्टि भएपछि आइसोलेसनमा छन्। सासंद दधिराम न्यौपानेलाई पनि शनिबार कोरोना देखिएपछि आइसोलेसनमा बसेका छन्।

कोरोना अपडेटः यी हुन भाइरसबाट अत्यन्त प्रभावित देश

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७८ लाख ९४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शनिबार जानकारी दिएको छ।

भारतमा बढ्दै संक्रमित पाकिस्तानमा घट्दै

भारतमा दिनहुँ ७० हजारको हाराहारीमा नयाँ संक्रमित भेटिएका छन् भने तीन महिनाअघि पाकिस्तान महामारीको हिसाबले सबैभन्दा उच्चतम विन्दुमा पुगेको थियो । अगस्ट सुरुदेखि पाकिस्तानमा दिनहुँ सयको हाराहारीमा मात्र संक्रमित देखिएका छन् ।

विराटनगर र धरानका दुई संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमित विराटनगरका एक वृद्ध र धरानका एक युवकको बिहीबार बिहान मृत्यु भएको छ। विराटनगरका संक्रमित वृद्धको होम आइसोलेसनमै र धरानका युवकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

दसैंमा घर फर्किनेलाई सन्देश: ‘सकेसम्म घरै नआउनू, आइहाले गाउँ नडुल्नू’

दसैंमा घर आएका आफन्त पीङ खेल्न, रमाउन, साथीभाइ छरछिमेक र आफन्त भेटघाट गर्ने भन्दै गाउँ डुल्ने गरेकाले पनि त्यो हुन नदिन होम क्वारेन्टिन अनिवार्य गरिएको प्रजिअ आचार्यले बताए।

'चिकित्सक र आफन्तले दिने उर्जाले आत्मबल बढाउँदो रहेछ'

आफूलाई त जसोतसो मनाएँ। तर समस्या घरपरिवारलाई मनाउन थियो। ‘यो सामान्य भाइरल जस्तै हो। केही पनि हुँदैन। केही दिनमा विसेक हुन्छ।’ घर परिवारलाई भने। तर कोही मान्न तयार थिएनन्। संक्रमणकै कारण लाखौंको ज्यान गएकोबारे उनीहरु बेखबर थिएनन्।

संक्रमण बढेसँगै सार्वजनिक यातायातमा कडाइ

यातायात व्यवसायीले कोभिड १९ महामारीका बेला सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ पूर्ण रूपमा पालना नगर्दा संक्रमणको जोखिम बढेको भन्दै सरकारले निर्देशिका कार्यान्वयनमा कडाइ गर्ने भएको छ।मुलुकमा दैनिक दुई हजारभन्दा बढी संक्रमित देखिन थालेसँगै सरकार कडाइका साथ निर्देशिका लागू गर्न कस्सिएको हो।

२ कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड १९) संक्रमित २ जनाको प्रदेश १ मा दुई पुरुषको मृत्यु भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका एक पुरुष र विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा सुनसरीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

भारतमा एकैदिनमा थपिए ९२ हजार ६०५ संक्रमित

भारतमा एकै दिन कोरोनाभाइरसका ९२ हजार ६०५ जना संक्रमित थपिएका छन्। योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्