७ वैशाख २०८१ शुक्रबार
समाज

२ कोरोना संक्रमितको मृत्यु

प्रदेश १

कोरोना भाइरस (कोभिड १९) संक्रमित २ जनाको प्रदेश १ मा दुई पुरुषको मृत्यु भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका एक पुरुष र विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा सुनसरीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा सुनसरीको दुहबी नगरपालिका–५ का ६० वर्षीय पुरुषको उपचारका लागि अस्पतालमा भर्ना गरिएको केही समयमै मृत्यु भएको अस्पतालले जनाएको छ। ‘ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार दिउँसो २ः४५ बजे आइसोलेसनमा भर्ना गरिएको थियो।  

‘आइसोलेसनमा राखेर उपचारका थाले पनि दिउँसो ३ः०५ बजे पुरुषको मृत्यु भयो,’ आइसोलेसन संयोजक एवं बरिष्ठ फिजिसियन डाक्टर लक्ष्मीनारायण यादवले भने, ‘मृतकमा कुनै पुरानो रोग कुनै थिएन। मृत्यु भएपछि स्वाब संकलन गरेर पिसिआर परीक्षण गराउँदा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आयो।’  

धरानस्थित बिपी प्रतिष्ठानमा मोरङको सुनबर्षी नगरपालिका–७ का ६८ वर्षीय कोरोना संक्रमित वृद्ध पुरुषको मंगलबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको थियो। प्रतिष्ठानले जनाएको छ।यसै प्रदेश १ मा ६७ जना कोरोना संक्रमितकोमृत्यु भएको छ।  

 

प्रकाशित: १३ आश्विन २०७७ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App