८ वैशाख २०८१ शनिबार
समाज

धरानका थप ३ संक्रमित र इटहरीका एक जनाको मृत्यु

धरानका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  धरानका तीनै जना संक्रमितको घरमा मृत्यु भएको हो। धरानको वडा नं ८ का ६८ बर्षीय संक्रमितको हिजो आइतबार दिउँसो करिब ३ बजेतिर मृत्यु भएको हो। प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत रहेका संक्रमित आफैले घर जाने जिद्दी गरेपछि परिवारको जिम्मामा अस्पतालले डिस्चार्ज दिएको थियो। उनलाई घर ल्याएको केही समयपछि नै मृत्यु भएको वडा सदस्य सावित्री परियारले जानकारी दिइन्।  

यसैगरि, धरान ८ को एघार घरे भन्ने स्थानमा आज बिहान एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ। धरान ८ कै वडा सदस्य राम मगरका अनुसार मृतक मृगौलाका विरामी थिए। उनको डाइलाइसिस गरिरहेको पनि उनले जानकारी दिए।  

यस्तै, हिजो आइतबार साँझ सवा ७ बजे धरान १९ की ७० बर्षीया वृद्धाको पनि होम आइसोलेसनमा नै मृत्यु भएको छ। उनको एक साताअघि पुनः पिसिआर परिक्षण गरिए पनि रिपोर्ट पोजेटिभ आएपछि थप होम आइसोलेसनमा बसेको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए।  

वीपीमा इटहरीका सक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीका कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी २० का ७८ बर्षीय पुरुष रहेका छन्। उनको आज बिहान ३ बजेर ५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।  

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार असोज १९ गते प्रतिष्ठान भर्ना गरिएका ती विरामीलाई कार्तिक १ गते संक्रमण पुष्टि भएको थियो। उनलाई एनेमियालगायत दीर्घ रोगहरु थियो।

प्रकाशित: ३ कार्तिक २०७७ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App