संक्रमण पुष्टि भएको २४ घण्टा बित्दा पनि आइसोलेसन बस्न पाएनन्
बाँके नरैनापुरका कोरोना संक्रमित ५९ जना ब्यक्तिले २४ घण्टा बित्दा पनि आइसोलेसनमा बस्न पाएका छैनन्। भेरी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणबाट बुधबार एकैदिन ५९ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित ब्यक्तिलाई समयमा आइसोलेनमा नराख्दा संक्रमण थप फैलिने जोखिम बढेको छ।