२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोना अपडेटः विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४८ लाख बढी संक्रमित

कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख नाघेको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९६ हजार नाघ्यो

भारतमा आइतबार एकै दिनमा १५७ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । त्यसपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३६ हजार २९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतबाट आएकालाई परीक्षणविनै गाउँ पठाउँदै प्रदेश सरकार

भारतबाट आएका नागरिकहरुलाई कोरोना परीक्षण नगरेरै कर्णाली प्रदेश सरकारले गाउँगाउँ पु-याउन थालेको छ। भारतमा रेल सेवा सुरु भएसँगै त्यहाँबाट कर्णालीबासीहरु फर्कनेक्रम सुरु भएको छ।

कर्णालीमा थपिँदै चुनौती

लामो बन्दाबन्दी (लकडाउन) पछि भारतमा रेल सेवा सुरु भएसँगै रोजगारीका लागि त्यहाँ गएका नागरिक कर्णाली फर्किन थालेका छन्। भारतमा कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमण फैलिँदै गएपछि रोजगारीका लागि त्यहाँ गएका नागरिक धमाधम फर्कन थालेका हुन्।

काेराेनाबाट मृत्यु भएकी महिलाको परिवारकाे रिपाेर्ट नेगेटिभ

कोरोना संक्रमणको कारण नेपालमै पहिलो पटक मृत्यु भएकी सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलाको १३ दिनको नव शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि आरटी पिसिआर परीक्षण नेगेटिभ आएको छ ।

कोरोना कहरः सहरका बुहारी गाउँ पसे

सँधैको बिहानी चराको चिरविरसंगै शुरु हुन्थ्यो । आजका बिहानीहरु कोरोनाको खबरसँगै शुरु हुन्छन्। सञ्चार माध्यम र सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायत बिभिन्न माध्यममा कोरोनाकै खबर देखिन्छ।

मृत्यु फगत तथ्यांक नबनोस्

गत साता मात्र युनिसेफले कोभिड–१९ ले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई थप कमजोर पारेकाले र नियमित स्वास्थ्य सेवा अवरुद्ध हुँदा आगामी ६ महिनासम्म ४ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएको थियो ।

कोरोना सङ्क्रमितको मृत्यु भएपछि टोखामा २४ जनाको स्वाव सङ्कलन

टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ।

दमौलीमा कोरोना संक्रमित भेटिएको भन्दै फेसबुकबाट अफवाह फैलाउने पक्राउ

कोरोना भाइरसको बारेमा फेसबुकबाट अफवाह फैलाउने एक युवकलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । दमौलीका तीन जनालाई कोरोना भाइरस देखिएको पुष्टि भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाएको भन्दै व्यास नगरपालिका–२ बस्दै आएका तेह्रथुम म्याङलुङ्ग नगरपालिका–७ नागदहका नवराज ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो ।

कोरोना त्राससँगै 'एन्जाइटी र ओसिडी'

लकडाउनअघि काठमाडौंका एक १२ वर्षीय बालक सामान्य थिए । करिव दुई महिनाको लकडाउन अवधिसंगै उनमा केही असमान्य समस्या देखिन थाल्यो ।

भारतबाट लुकीछिपी नेपाल आएका थिए बाँकेमा कोरोनाबाट ज्यान गुमाएका युवक (अपडेट)

बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षे युवा ब्यक्ती भारतको मुम्बइबाट आएको खुलेको छ। नरैनापुर गाउँपालिकाले संचालन गरेको क्वारेनटाइनमा बसिरहेका युवकको आइतबार निधन भएको हो।

सिँचाई कार्यालयको भवनमा कोरोना अस्पताल

जिल्ला प्रशासन कार्यालय कलैया, बारामा आइतबार बसेको सर्वदलिय बैठकले कलैया उपमहानगरपालिका ५ मा रहेको नारायणी सिँचाई कार्यालयको भवन र जग्गामा कोरोना भाइरस उपचारको लागि अस्पताल बनाउने निर्णय गरेको छ । प्रदेश २ सरकारले जिल्ला अस्पतालको रुपमा सेवा दिई रहेको कलैया अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा सञ्चालन गर्ने गरेको निर्णयको बिरोध सुरु भएपछि सर्वदलिय बैठकबाट दिर्घकालिन रुपमै सिँचाई कार्यालयमा कोरोना अस्पताल बनाउने निर्णय गरिएको हो।

स्वास्थ्यकर्मी र सञ्चारकर्मीको स्वाब परीक्षण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्यकर्मी र सञ्चारकर्मीको स्वाब परिक्षण भइरहेकोछ । सबैभन्दा बढि स्वास्थ्यकर्मी र सञ्चारकर्मी हिडडुल गरिरहने र बिरामीको नजिक हुनु पर्ने भएकोले स्वाब परिक्षण गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रेक्टर निरेश थापाका अनुसार स्वाब संकलन गरेर परिक्षण शुरु भइसकेको छ । सोमबार सम्म स्वाब परिक्षणको रिर्पोट सार्बजनिक हुने रेक्टर थापा बताउँछन् ।

मुस्लिम आयोगबाट ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

आयोगका अध्यक्ष समिम मिया अन्सारीले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकाललाई स्वाथ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

कोरोना अपडेटः विश्वभर ३ लाख १३ हजारको मृत्यु, ४७ लाख बढी संक्रमित

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९५ हजार ६०० जना नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ३६० जनाको ज्यान गएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्