२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चीनमा थप १७ जना सङ्क्रमित, उहानमा परीक्षण अभियान

चीनमा कोरोनाभाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।

यात्रा विवरण ढाँट्दै कोरोना संक्रमित, 'कन्ट्याक्ट ट्रेसिङ'मा सकस

शनिबार धनुषामा भेटिएका दुई जना कोरोना संक्रमितले पटक पटक आफ्नो यात्रा विवरण ढाटेको पाइएको छ। धनुषाको नगराइन नगरपालिकाको क्वारेन्टिनमा रहेका २० र ३५ वर्षीय युवक भारतको मुम्बईबाट आए पनि सुरुमा उनले क्वारेन्टिन संयोजकलाई ढाटेर उम्किन खोजेका थिए।

भारतद्वारा ३० हजार 'पीसीआर टेस्ट कीट' हस्तान्तरण

भारत सरकारले नेपाललाई कोभिड १९ परीक्षणका लागि आवश्यक पीसीआर टेस्ट किट सहयोग गरेको छ। भारतको दूतावासकोतर्फबाट राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु आइतबार हस्तान्तरण गरे।

भारतमा ९० हजार कोरोना संक्रमित, एकै दिन भेटिए ५ हजार

भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् ।

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ जना पुगेकाे गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले जनाएकाे छ ।

काभ्रेमा ५० भारतीय नागरिक नियन्त्रणमा

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोकबाट धुलिखेल आएका ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ ।

प्रहरी लगाएर अस्पताल पुर्‍याइएको थियो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाएकी बाह्रविसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिला धुलिखेल अस्पतालमा जान स्थानीय चिकित्सकले गरेको आग्रहलाई बेवास्था गर्दै घरमै फर्किएको खुलेको छ । उनलाई अस्पताल पठाउन प्रहरी नै खटाउनु परेको थियो ।

प्रहरी लगाएर अस्पताल पुर्‍याइएको थियो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाएकी बाह्रविसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया साबित्रा चालिसे धुलिखेल अस्पतालमा जान स्थानीय चिकित्सकले गरेको आग्रहलाई बेवास्था गर्दै घरमै फर्किएको खुलेको छ । उनलाई अस्पताल पठाउन प्रहरी नै खटाउनु परेको थियो ।

तापक्रम नाप्दै घर पठाउँदै

किट अभावका कारण रोल्पका क्वारेन्टाइनमा बसेकाहरूलाई आरडिटी नगरी घर पठाइएको छ । हालसम्म जिल्लामा सात हजारभन्दा बढी क्वारेन्टाइनमा बसेको भए पनि तीन सय पाँचजनाको मात्र आरडिटि गरिएको छ । रोल्पाका बिभिन्न स्थानका क्वारेन्टाइनमा रहेका सात हजार बढीलाई गत सातादेखि घर पठाउन थालिएको हो । १४ दिन क्वारेन्टाइनमा बसेका उनीहरूको सामान्य तापक्रम मात्र नापेर घर पठाइएको थियो ।

वर्षा र हुरीले जनजीवन प्रभावित

कोरोना त्रासबीच आगलागीले स्तब्ध बनाएको ताप्लेजुङको जनजीवनमा शुक्रबार रातिको वर्षा र हावाहुरीले अर्को चोट थपिदिएको छ । वर्षासँगै आएको हुरीले विभिन्न स्थानका घर तथा कार्यालयका छाना उडाएको छ भने सदरमुकाम फुङ्लिङ बजारका घरभित्र बाढी पसेको छ । ढलको उचित निकास नभएका कारण बाढी पसेको ठाउँ दुर्गन्धित बनेको छ ।

संक्रमित आंशका गरिएका यूवा काठमाडौं ओहोर दोहोर गर्थे

पेशाले रागाका (कसाई) बुच्चर गुलरिया नगरपालिका–११ लालपुरका २८ वर्षिय एक यूवकलाई कोरोना संक्रमण आंशका गरिएको छ । तर, संक्रमित आंशका गरिएका यूवाको स्वाब काठमाडौंमा संकलन भएको थियो । गुलरिया नगरपालिका १० का यूवा संक्रमित पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरीको मुद्दा शाखामा कार्यरत प्रहरी जवानलाई कोरोना पुष्टि

जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा कार्यरत एक जना प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। रौतहट घर भई जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत २९ बर्षिय प्रहरी जवानमा कोरोना पुष्टि भएको हो।

भारतबाट लुकीछिपी आएकाहरुबाटै फैलियो कोरोना

कोराना भाईरकसा कारण नेपाल र भारत दुबै तर्फ जारी गरिएको लकडानउका बेला भारतबाट फर्कका ब्यक्तिहरूले नै जिल्लाका कोरोना फेलाएको पाईएको छ । शनिबार दिउँसो १ बजे सम्मको नजिता अनुसार कपिलवस्तुमा ४३ जना कोरनो संक्रमति भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये ३५ जना भारतको महाराष्ट्रका बिभिन्न शहरबाट फर्केका ब्यक्तिहरू हुन् ।

भारतबाट स्वदेश फिर्ता हुने क्रम जारी

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको लकडाउनले भारतीय क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने क्रम जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय तहहरुसँग समन्वय गरेर भारतमा रोकि २१ दिन क्वारेन्टाईन भएका केही नेपालीहरुलाई शुक्रबार साझ स्वदेश ल्याएको हो ।

कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

कपिलवस्तुमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ती अनुसार कपिलवस्तुमा थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । विहानमात्र थप ६ जनामा पुष्टि भएको थियो आज शनिबार मात्र नौ जना नयाँ संक्रमित थपिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्