२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भारतबाट लुकीछिपी आएकाहरुबाटै फैलियो कोरोना

कपिलवस्तुका ४३ संक्रमित मध्ये ३५ जना भारतको महाराष्ट्रबाट फर्कका

कोराना भाईरकसा कारण नेपाल र भारत दुबै तर्फ जारी गरिएको लकडानउका बेला भारतबाट फर्कका ब्यक्तिहरूले नै जिल्लाका कोरोना फेलाएको पाईएको छ । शनिबार दिउँसो १ बजे सम्मको नजिता अनुसार कपिलवस्तुमा ४३ जना कोरनो संक्रमति भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये ३५ जना भारतको महाराष्ट्रका बिभिन्न शहरबाट फर्केका ब्यक्तिहरू हुन् । बाकी ८ जना अन्य क्षेत्रका हुन्। संक्रमितको संख्या निरन्तर बढे पछि जिल्लामा त्रास पनि बढेको छ ।

८ जना  मध्ये ४ सुरक्षाकर्मी, दुई कर्मचारी, एक नर्स र ६ बर्षिया बालिका छन्। शनिबार दिउँसो थपिएका ३ जना शिवराज नगरपालिकाका हुन्। कोरोना पोजेटिभ पुष्टि भएका शिवराज नगरपालिका–८ बिशनपुरका ४४ बर्षिय पुरुष तथा वडा नम्बर ११ थुन्हीयाका २५ र ३४ वर्षका पुरुष हुन्। तिनै जना अहिले नगरपालिकाको चन्द्रौटा स्थित सुपा देउराली रिसोर्टमा क्वारेनटाईनमा छन्। गत वैशाख २५ गते कृष्णगनरको बाटो हुँदै लुकीछिपी घर फर्किनेक्रममा स्थानीयको सहयोगमा प्रहरीले तिनै जनालाई क्वारेन्टाईन पठाएको थियो । 

तिनै जना भारतको मुम्बईबाट फर्केकाहरू रहेको नगरपालिकाका स्वास्थ्य संयोजक चुणामणि भट्टराईले बताए । भेटिएको संक्रमितमा कोरानोका कुनै लक्ष्ण नदेखिएको र अवस्था सामान्य रहेको उनले जानकारी दिए । तिनै जनाको कन्ट्रयाक्ट र ट्राभल हिस्ट्री पत्ता लगाउने कार्य जारी रहेको उनले बताए । तिनै जनालाई दाङको बेझुलडी स्थित कोरोना बिशेष अस्पतालमा पठाउने तयारी गरिएको छ । 

प्रदेश नम्बर ५ मा भेटिएका १ सय ९ संक्रमित मध्ये सबै भन्दा बढी कपिलवस्तुमा ४३ जना छन्। जसमध्ये ३५ जना भारतको महाराष्ट्रका बिभिन्न शहरबाट फर्केका ब्यक्तिहरू हुन् ।

शिवराज नगरपालिकामा संक्रमित भेटिएसंगै जिल्लाका १० पालिका मध्ये नौ पालिकामा कोरोना संक्रमित फेला परेका छन्। गत वैशाख २८ गते क्वारेन्टाईनमा रहेका ६६ जनाको स्वाब संकलन गरिएकोमा तीन जना संक्रमित भेटिएका हुन्। गत वैशाख तेस्रो साता भारतले लकडानउको स्वरुप बद्ल्दै केही खुकुलो पारे पछि जिल्लामा चोर नाका हुदै फर्कनेक्रम बढेको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रतिवेदन अनुसार गत चैत ११ देखि जेठ २ गते साझ सम्म भारत तथा तेश्रो मुलुकबाट ६ हजार ९७४ जना फर्केको जनाएको छ । 

ती सबै जिल्लामा संचालन गरिएको क्वारेन्टाईनमा राखिएका हुन् । त्यस मध्ये ११ सय १० जनाको र्यापिट टेस्ट भएको छ भने ९ सय २९ जनाको पिसिआर टेस्ट भएको स्वास्थ्य कार्यालयले जनाएको छ । नाकाबाट छिर्नै नदिन सिमामा १५ सय सशस्त्र प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ ।  सांसद अतहर कमालले भारतबाट फर्कैनहरूको जिल्लामा लर्काे रहेको र अहिले धेरै जना त्यहीबाट फर्केकाहरूमा संक्रमण देखिएकाले कपिलवस्तु कोरानोको हट स्पट बन्दै गएको बताएका छन्। 

भारतमा लक डाउन खुकुलो भएपछि कपिलवस्तुमा पछिल्लो ५ दिनमा मात्र चार हजार बढी चोर नाका हुदै फर्केका छन्। तिनीहरू सबै क्वारेन्टाईनमा छन्।  स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र समुदायमा समेत कोराना छिरी सकेको छ । बेलैमा खोजी गरेर पिसिआर टेस्ट नगरिए जिल्लामा भयावह स्थित आउने खतरा बढने उनको अनुमान छ । सरकार यस बिषयमा संबेदनशील हुनु पर्ने उनले माग गरे । 

भारतीय सुरक्षाकर्मीले भगाउने र नेपाली सुरक्षाकर्मीले छिर्न नदिएकाले सिमामा अलपत्र परको नागरिकले सास्ती भोग्नुु परेको छ । ‘भारतका बिभिन्न स्थानबाट फर्केकाहरूको समयमै सही ब्यवस्थापन गरिएको भए अहिलेको जस्तो अवस्था र्सिजना हुने थिइन,’ मानवअधिकारकर्मी रबि ठाकुरले भने, ‘फर्केकाहरूको ब्यवस्थापन र परिक्षणको दायरा नबढाउँदा कोरानो फैलदै गएको छ ।’ उनले क्वारेन्टाईनलाई मापदण्ड अनुसार संचालन गरी पिसिआर टेस्टलाई तीब्रता दिनुपर्ने माग गरे ।  

उता जिल्लाको कृष्णनगर नगरपालिकाको लिंक गेटमा खटिएका चार सुरक्षाकर्मी र नगरपालिकाका दुई कर्मचारीलाई पनि भारतबाट फर्कनेहरूबाटै कोरोना सरेको अनुमान गरिएको छ । सुरक्षाकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कोरेन्टाईनमा बसेका कृष्णगनर पालिकाका मेयर रजत प्रपता शाहले सुरक्षा सहित स्वास्थ्य सामाग्रीको अभावमा जोखिमपुर्ण रुपमा सीमामा खटिएका सुरक्षाकर्मीलाई भारतबाट फर्केकाबाटै कोरोना सरेको हुन सक्ने अनुमान छ । 

यस्तै कर्मचारीहरुको पनि भारतीय नागरिकसंग सम्र्पक भएको देखिएकाले उनीहरू पनि त्यसरी नै संक्रमित भएको उनले बताए । मेयर शाहले जिल्लामा संक्रमित भेटिएका मध्ये अधिकांश भारतबाट फर्केकाहरु रहेको पाईएको बताए । कपिलवस्तु  अस्पतालमा कार्यरत नर्स र बाणगंगा नगरपालिका–४ की ६ बर्षिया बालिका कसरी संक्रमित भएन भन्ने अनुसन्धान भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।

गत वैशाख २५ गते जिल्लाको मायादेबी गाउपालिका–१ पकडी स्थित छत्रपाली तिर्थादेबी उमाविमा रहेको ५ जना संक्रमित भेटिएका थिए। त्यसपछि यशोधराका १२, बुद्धभुमीका ४, कपिलवस्तु नगरपालिकाका ९, कृष्णनगर नगरपलिकाका ८, बाणगंगाका नगरपालिकाका एक बालिका, बिजयनगर गाउपालिकाका एक पुरुषमा तथा शिवराजका ३ पुरुष संक्रमित भेटिएका छन्। 

संक्रमित संख्या बढे पछि गत वैशाख २९ गते साझ देखि ५ गते सम्मकालागि जिल्लालाई सिल गरिएको छ । त्यही दिन देखि मिसा क्षेत्रको ६ किमि यता नेपाली सेना समते परिचालन भएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए । प्रदेश नम्बर ५ मा भेटिएका १ सय ९ संक्रमित मध्ये सबै भन्दा बढी कपिलवस्तुमा ४३ जना छन्। 

प्रकाशित: ३ जेष्ठ २०७७ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App