७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
सम्झना पाैडेल
सम्झना पाैडेल

सम्झना पाैडेलका लेखहरु :

'लाेकल रक्सी ब्याण्ड कि ब्राण्ड?'

हप्तौं मेहनत गरेर बनाएको लोकल रक्सी प्रहरी लगाएर नष्ट गरिन्छ। आम मानिसको हप्तौंको मेहनत र श्रममा पनि लात हानिन्छ। एक छाक खानाको जोहो गर्न बनाइने तीन पानेलाई नष्ट गरेर बर्सेनि अर्बौको विदेशी रक्सी आयात गरिन्छ। यो विडम्बना हो।

अन्तरजातीय जोडीको हत्या!

हो अब यस्ता प्रेमिल जोडीलाई निर्धक्कसँग जिउने वातावरण बनाइदिन यस सँग सम्बन्धित सबैपक्षले सोच्नुपर्ने समय आएको छ। समस्यालाई कानुनको प्रयोगभन्दा पनि जातीय सद्भाव कायम गर्नेगरी सबैले सहयोग गर्नुपर्ने समय भैसकेको छ। प्रेम विवाह गरेका अन्तरजातीय जोडीलाई राज्यले प्रोत्साहन गर्नुको विकल्पमा छुवाछुत कसुर ऐन २०६८ विपरीत सुरक्षा निकायले समेत बेवास्ता गर्नु कति सम्मको लापरबाही हो ?

कोरोना कहरः सहरका बुहारी गाउँ पसे

सँधैको बिहानी चराको चिरविरसंगै शुरु हुन्थ्यो । आजका बिहानीहरु कोरोनाको खबरसँगै शुरु हुन्छन्। सञ्चार माध्यम र सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायत बिभिन्न माध्यममा कोरोनाकै खबर देखिन्छ।

कोरोना, सामाजिक सञ्जाल र सञ्चार माध्यम

आज मेरो देश मात्र होइन विश्व नै सुुनसान छ। त्रसित छन् मनहरु। सडकहरु सुनसान छन् । अत्यावश्यकीय सवारी साधनहरु चलेका छन्। सधै जसो ब्यस्त हुने सरकारी अस्पतालहरु पनि प्राय सुनसान छन् । प्रहरीले गस्ती, चेकजाचमा कडाई गरेको देखिन्छ।

'यो समयमा श्रृजना रोपौं'

आहाँ! कति राम्रो हरियाली सहर। यस्तो पो सहर जहाँ जो कोहीलाई फूलैफूलले स्वागत गरोस्। आहाँ फूलैफूको मौसम। हरियाली वाताहरुणको मौसम यो ऋतुहरुसँगको प्रेम र  सामिप्यता अझै प्रगाढ बन्दैछ। थरिथरिका फूलहरु फुलेका छन्। थरिथरिकै सुगन्धले मनै आनन्दित तुल्याउँछन्। गोदावरीको मीठो बासनाले मनै तरंगित हुन्छ।

पर्यटकीय स्थल मकवानपुर जाऔँ, प्रकृतिसँग रमाऔँ

कति कुरालाई आँखाले देखिँदैन तर मनले देख्छ। कतिपय चिज भने मन र आँखा दुबैले देख्छ। अनुभव गर्छ। मनसपटलमा छाइरहन्छ। त्यस्तै एउटा ठाउँ हो –मकवानपुर।

युवा र समाज कता जादैछ ?

म एक युवा। म जस्तै लाखौं युवाहरु मेरो देशमा छन्। युवाहरुमा देश बनाउने सपना हुन्छ। आफ्नो भविष्य सुरक्षित गर्ने इच्छा हुन्छ। भविष्यको मिठो पलहरुको परिकल्पना हुन्छ।

आहाँ प्लास्टिकको बन्दुकमा पड्का भरेर पड्काउँदाको त्यो तिहार!

आहाँ धुपैधुपको पर्व, फुलैफुलको पर्व ,मैन बत्तिहरुको पर्व, दियोहरुको पर्व,पड्का,माला,देउसे र भैलोसँगै आउने तिहार अनि म सानो हुदाँको त्यो तिहार सम्झदा नि मनै आनन्द हुन्छ।

भड्किलो तीजबाट नयाँ पुस्ताले के सिक्लान्?

तीजमा भोड्का खाइन्छ, लुते बिरालो भन्ने समेत बोलका गीतहरु जताततै घन्किरहेका छन्। के यहि हो त हामीले सदियौंदेखि मनाइँदै आएको तीजको महत्व ? यसबाट के प्रश्न पनि अगाडि आएको छ भने आउँदो पुस्ताले कसरी बुझ्लान यस्ता चाडपर्वलाई ?

पुरुष हिंसा !

समाजमा महिला मात्रै छैनन्। पुरुष पनि छन्। सबै मान्छे एकै हुँदैनन्। नारी पनि सबै एकै हुँदैनन् न त पुरुषहरु नै एकनासका हुन्छन्। गाउँ र सहरको बीचमा फरक बिचार तथा चेतनाका धर्काहरु कोरिएका छन्। त्यस्तै पुरुष र महिलाका बिचमा पनि फरक बिचार तथा चेतनाका धर्काहरु कोरिएका छन्। ति धर्काहरु मेट्न हामीले कहिल्यै आवाज उठाएनौ। हाम्रो समाजको चेतनास्तर कति छ हामी आफैले नाप्न सक्छौ। आखिर समस्या कहाँ छ ? सोचाइमा ? नितिमा या नियतमा ? चित्रमा या चरित्रमा ?

क्लिन फिडको नीतिले पत्रकारलाई पनि फाइदा !

सरकारले क्लिन फिडको प्रस्तावसहित आमसञ्चार नीति पारित गरेको एकबर्ष पछि कार्यान्वयनमा ल्याउने जनाएपछि इन्टरनेट तथा केवुल व्यवसायीहरु यसको विरोधमा उत्रिएका छन् । तर सामाजिक सञ्जालकर्ताहरुले भने सरकारको यस्तो नीतिको भव्य स्वागत गरेका छन् । फेसबुक तथा ट्वीटरकर्ताहरुले सरकारको यस्तो निर्णयको समर्थन गर्दै प्रतिक्रिया जनाएका हुन् । नेपालमा सबै विदेशी च्यानलहरु बिना विदेशी बिज्ञापन देखाउन पाउने प्रावधान नै क्लिन फिड हो । मेरो विचारमा यसले नेपाली बिज्ञापन बजारलाई मात्र होइन सम्पूर्ण अर्थतन्त्रलाई उकास्न ठुलो सहयोग पुराउन सक्दछ । कुनै कुनै विदेशी कम्पनिहरुले नेपालमा बिज्ञापन गर्दैनन् तर उनिहरुको बिज्ञापन विदेशी च्यानलहरूमा आउँछ ।

पत्रकार सडकमा निस्कनुपर्ने बिडम्बना

पत्रकारिताको इतिहास खोतल्नु सहज छैन।किनभने पत्रकारिताको  प्राचिन इतिहासको गहन खोज र अध्यायन भएको पनि  पर्याप्त छैन।ऐतिहासिक विषय बस्तु वा जानकारीकै आधार बनाएर पत्रकारिताको बारेमा भन्ने र लेख्न गरिन्छ।विश्वमा आधुनिक पत्रकारिताको प्रमाणिक क्रमबद्ध रुपले १५ औँ शताब्दीमा विजारोपण भएको पाइन्छ।परम्परागत सञ्चार पद्धतिको समयसँगै वि.स.१९०२ को राणाकालिन अवस्था, वि.स.२००७ को प्रजातन्त्र, वि.स.२०१७ को पञ्चायंतकाल, वि.स.२०४७ को प्रजातन्त्रको पुनः स्थापना र वि.स.२०६३ को लोकतन्त्रको अभ्यासपछि नेपालाली पत्रकारिताले स्वस्छन्दता प्राप्त गरेको पाइन्छ।

पत्रकारिता हिरोइजम हैन!

सरकारले नेपाली सञ्चार क्षेत्र र सञ्चारकर्मीको घाँटी निमोठ्ने गरी मिडिया काउन्सील विधेयक ल्याउन लागेको भन्दै पत्रकार महासंघ लगायतका संबद्ध संस्थाहरुले विरोध गरे। महासंघले विधेयकमा धेरै आपत्तिजनक प्रावधानहरु समावेश गरीएको भन्दै संसोधन हुनुपर्ने भन्दै आन्दोलनको घोषणा पनि गर्यो। बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति कुनैपनि मिडियाहरुलाई मन परेन। प्रस्तावित विधेयकको दफा १८ मा जरिवाना गरी क्षतिपूर्ति भराइदिन सक्ने भन्ने प्रावधानले पत्रकारिताको विश्वव्यापी मान्यता र नेपालको संविधानको समेत उल्लंघन गरेको नेपाली सञ्चारजगतको धारणा छ। मिडिया काउन्सिलले पत्रकारका लागि आचारसंहिता जारी गर्ने र त्यो आचारसंहिता विपरीत कुनै सामाग्री प्रकाशन प्रसारण भएमा सम्बन्धित पक्षको उजुरीका आधारमा २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ। यसैको बिरोधमा सञ्चारक्षेत्र आन्दोलित भैरहदाँ पत्रकार कै कारण फेरी नेपाली मिडिया जगतमा बहस सुरु भएको छ। कारण टिभी कार्यक्रमको बिषयलाई लिएर सामाजिक सञ्जाल भरी पत्रकारहरुनै पत्रकारको पक्ष र विपक्षमा देखा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्