७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

पुरुष हिंसा !

समाजमा महिला मात्रै छैनन्। पुरुष पनि छन्। सबै मान्छे एकै हुँदैनन्। नारी पनि सबै एकै हुँदैनन् न त पुरुषहरु नै एकनासका हुन्छन्। गाउँ र सहरको बीचमा फरक बिचार तथा चेतनाका धर्काहरु कोरिएका छन्। त्यस्तै पुरुष र महिलाका बिचमा पनि फरक बिचार तथा चेतनाका धर्काहरु कोरिएका छन्। ति धर्काहरु मेट्न हामीले कहिल्यै आवाज उठाएनौ। हाम्रो समाजको चेतनास्तर कति छ हामी आफैले नाप्न सक्छौ। आखिर समस्या कहाँ छ ? सोचाइमा ? नितिमा या नियतमा ? चित्रमा या चरित्रमा ?

आजको समाजमा नैतिकताको खडेरी परेको छ। हिजोको दिनमा हिंसाहरु महिलालाई मात्रै हुन्छ भनेर भनिरहदाँ आजको दिनमा पुरुषहरुले पनि आफुमाथि भएको हिंसाबारे समाजमा कुरा हुनुपर्ने आवाज उठाउँदै आएका छन्। महिलाहरुले महिला दिवस भनेर बर्षैपिच्चे मनाउने तर पुरुषले मनाउन किन नहुने भन्दै पुरुषहरु पनि आवाज सहित सडकमा निस्कन थालेका छन्। गएको बर्ष नेपालमा पनि पहिलो पटक पुरुष दिवस मनाइएको थियो। २०७५ मंसिर ३ मा स्वतन्त्र युवाहरुको समूहले नेपालमा पनि पहिलो पटक अन्तराष्ट्रिय पुरुष दिवस २०१८ मनाएका थिए। सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्। पुरुषहरुलाई असल र आदर्शपुरुष बन्नका लागि उत्प्रेरणा दिन आवश्यक भएको र बालक तथा किशोरमाथि भइरहेको यौन दुव्र्यवहारका समस्या समाजमा लुकेर रहेकाले त्यसलाई उजागर गर्नु पर्ने उद्देश्यका साथ पुरुष दिवस मनाइएको थियो। पुरुष दिवस महिलाको अधिकारलाई संकुचित पार्नका लागि नभइ महिलाको अधिकार हनन् नगर्न पुरुषहरुलाई प्रोत्साहित गर्नको लागि भएको धेरै पुरुषको आवाज थियो।

धेरै मध्य थोरैलाई मात्र थाहा भएको सो दिवसले घरेलु हिंसामा परेका पुरुषलाई पक्कै पनि झस्कायो होला। हुनत एकदिन नारी दिवस  र एक दिन पुरुष दिवस मनाएकै भरमा समाजमा परिवर्तन आउँदैन।  नारी र पुरुष सबैका लागि ३६५ दिन नै दिवस हुन्।  तर कुनै एक दिन उनीहरुलाई लागि छुट्याउनु भनेको सरकारले उनीहरुको सहभागिता र आवश्यकतालाई सम्बोधन गरेको भनी हामीले बुझ्नुपर्छ।  नेपालको कानुनले महिलालाई जबरजस्ती करणी गरे जस्तो सजाय हुन्छ पुरुषमाथि भएपनि उस्तै दण्डको व्यवस्था गरेको छ ÷ छैन यो बिषय धेरैलाई थाहा नभएको कुरा हो। हुनत नेपालमा पुरुषमाथि हुने हिंसा र दुव्र्यवहारको कुनै तथ्यांक छैन।  तर हामीले  समय–समयमा पुरुष हिंसाका घटनाहरु नदेखेको पक्कै होइन। यो बिचमा नेपालमा झण्डै एक चौथाई पुरुषहरु हिंसा र दुव्र्यवहारको शिकार हुने गरेको एक तथ्यांकले देखाएको छ। घरेलु हिंसासम्बन्धी उजुरीमा पुरुषले महिलामाथि गरेको विभेद, कुटपिट र यातना दिएको पाइन्छ। महिलामाथि महिलाले गरेका भेदभाव, कुटपिट र यातना दिएका घटना पनि हाम्रो समाजमा धेरै छन्। महिलाबाट पीडित पुरुषहले घटना सार्वजनिक नगरे पनि उनीहरु न्याय खोज्दै सरकारी कार्यालय र संघ संस्थाहरुमा धाउन थालेका छन्। सकारी निकाय र संघ संस्थामा न्यायका लागि पुग्ने पुरुषहरुले पत्नीले खान लाउन नदिने, काममा जोताउनेदेखि घर निकाला गरेका सम्म छन्। अहिले सम्बन्ध बिच्छेद गर्न मुद्दा दिने पुरुषको संख्या पनि बढेको छ। घरको आर्थिक अवस्था कम्जोर भएकाले विदेश पठाएकी पत्नीको धन कमाएर लोग्ने घर आउँदा सम्म धन कुम्लाएर अन्तै सुइकुच्चा ठोकेका घटनाहरु पनि प्रशस्तै छन्।

कतिपय शहरीया महिला गाँउले घरमा पर्दा रबाफ र माइतिको धाक देखाउदै विना कारण झगडा गर्ने, डिभोर्स माग्ने कुराहरु पनि बढ्दै गएका छन्। यस्ले समाजमा पक्कै पनि राम्रो गर्दैन। कतिपय भने माइत गएर लामो समयसम्म बस्ने डिभोर्स पनि नदिने अर्को बिहे पनि गर्न नदिनुले पनि पुरुष प्रति हिंसा भएको देखिन्छ। हिंसामा परेका पुरुषहरुको गुनासो हेर्ने हो भने वैदेशिक रोजगारीमा गएका पत्नीहरुले दिएका यातना बढी छन्। दिनउुँ भिडियो कलमा आइजो भन्ने उता लोग्ने के काममा ब्यस्त छ कलमा नआएदेखि रिसाउने, घुर्की लगाउने अर्कैसँग सल्किस भनेर निउँ खोज्ने गरेको पनि धेरै पुरुषको भोगाई हो।  त्यस्तै माइतबाट दाइजो बढी ल्याएका र कमाई बढी भएका महिलाका पति धेरै पीडित भएको  पाइन्छ। यातना दिँदा पनि सहेका पतिले नछाडेपछि उल्टै महिलाले आफू हिंसामा परेको उजुरी दिने गरेका छन्। काठमाडाँैमा ठेलागाडा चलाउने हरी मोक्तान (नाम परिवर्तन) पनि लामो समयदेखि हिंसा सहन बाध्य छन्। ज्याला मजदुरीले जीविकोपार्जन गर्दै आएका मोक्तान पत्नीको व्यवहारले घरको न घाटको भएका छन्।

पत्नी लामो समयदेखि माइतमा गएर बसेको उनको गुनासो छ। अब के गर्ने कहाँ गएर आफ्नो समस्या भन्ने उनलाई निकै गाह्रो भएको छ। पत्नीपीडित पुरुषहरु हिंसा असह्य भएपछि क्रमश खुल्न थालेका छन्। पुरुषप्रधान देश भएकै कारण सामाजिक इज्जत र प्रतिष्ठाको कारण  पनि पीडित पुरुषहरु खुलेर आउन समाजमा आउन सकेका छैनन्। बिहे गरेको एक दुई बर्ष मात्र पनि पुगेको हँुदैन पारिवारिक कलह निकालिन्छ र डिभोर्स दिइन्छ। न त त्यो परिवारमा महिलाले कुनै योगदान नै गरेका हुन्छन्। न त पतिले कमाएको धनमा उनको साथ नै हुन्छ।  सम्पति कै लागि बिहे गर्ने र एकदुई बर्षमा छुटने परिपाटी पनि अहिलेको डरलाग्दो समस्या हो। पहिलो पतिबाट छुटिएर अर्कोसँग जाने पनि समाजमा नभएका हैनन्। दिनभर अफिसको काममा बिजि भएर साझँ घर आउदाँ केही समय ढिलो भयो भने खोजी गर्नु, उसका सहकर्मीलाई फोन गरेर बुझ्नुले पनि पुरुष प्रतिको हिंसा झल्काउन्छ। श्रीमानले अफिसबाट कमाउने रकम कति हो ? त्यसलाई कसरी ब्यवस्थापन गर्ने ? नबुझिकन नै धेरै पैसा माग्ने, दिनभर साथीहरुसँग घुम्न जाने

सहरीया महिलाहरुले पनि धेरै हिंसा पुरुषलाई गरेको देखिन्छ। अहिले सहरमा पति विदेश गएका महिलाहरु धेरै बच्चा पढाउने बहानामा बसेका हुन्छन्।  बिना काम बिहान ९ बजे बच्चा स्कुलमा पठायो ५ बजेसम्म कोठामा त्यतिकै बस्नुले गाउँमा जनसंख्या कम हुनु सहरमा जनघनत्व बढाएको छ। उदाहरणको लागि काठमाडौँ मै लोग्नेसँग बस्ने महिलाहरु पनि लोग्नेलाई काममा पठाएर घरमै बिना काम बसेका हुन्छन्। अब सरकारले पनि बिना काम सहरमा बस्ने महिला वा पुरुष जो कोहीलाई गाउँ र्फिता गर्नु आवश्यक छ।  एक त यसले जनघनत्व बढाएको छ, अर्को तर्फ प्रदुषण।

नेपाली उखान नै छ खालि दिमाख सैतानको बास खासगरी एकजना मात्र काम गर्ने एकजना घरमा बस्नुले बढी हिंसा  भएको देखिन्छ। हुनत हिंसाको कारक एकजनामात्र कदापी हुन सक्दैन। पुरुष हिंसा भएको ठाउमा महिलाले बढि थिचोरेको महिलाहिंसा भएको ठाउँमा पुरुषले बढी थिचोरेको पाइन्छ।  अब यी र यस्ता बहसको निकर्ष निकाल्नु आवश्यक छ। न महिला न पुरुष हिंसा रहित समाजको निमार्ण नै आजको आवश्यकता हो। यस बिषयमा पुरुषले पुरुषको र महिलाले महिलाको पक्षबाट धारणा दिनुभन्दा पनि अन्याय र सत्यको पक्षमा बोलौं। तपाई र हामी सबैको घरमा हुने न पुरुष न महिला हिंसा कुनैपनि हिंसालाई प्रसय नदिऔँ।

प्रकाशित: ७ श्रावण २०७६ ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App