आज मेरो देश मात्र होइन विश्व नै सुुनसान छ। त्रसित छन् मनहरु। सडकहरु सुनसान छन् । अत्यावश्यकीय सवारी साधनहरु चलेका छन्। सधै जसो ब्यस्त हुने सरकारी अस्पतालहरु पनि प्राय सुनसान छन् । प्रहरीले गस्ती, चेकजाचमा कडाई गरेको देखिन्छ।
विश्वका शत्तिशाली मुलुकहरुले पनि कोरोनाको औषधि पत्ता लगाउन सकिरहेको अवस्था छैन। केही घरायसी उपाय र सावधानी बाहेक यसबाट बच्ने अन्य उपाय छैन। मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, घरभित्र बस्ने जस्ता उपाय अवलम्वन गर्नु बाहेक केही गर्न सकेको अवस्था छैन। कोरोनाको सम्भावित फैलावटलाई मध्यनजर गरेर सरकारले मुलकलाई लकडाउन गरेको छ ।
यसकाबीचमा देशभित्रका उद्योग, कलकारखानाहरू पनि ठप्प छन्। सुरुवाती दिनमा घरमा बस्न धेरै गाह्रो भएता पनि पछिल्ला दिनहरुमा बानी परेर होला घरमै रमाइलो भैरहेको छ।
मान्छेले भौतिक सुखसयलमा आफूलाई महान ठान्दछ तर कोरोनाले भने त्यस कुरालाई परास्त गरिदिएको छ। दैनिक रुपमा काममा ब्यस्त मानिसहरु पनि कामकाज छोडेर घरमा बस्न बाध्य छन्। दैनिकज् यालादारी गरेर जीविको पार्जन गर्दै आएका धेरै मानिसहरु घरमै बस्न बाध्य छन्। यो अवस्थामा दैनिक जीवनमा असहज त हुने नै भयो। काम गर्ने उद्योग बन्द भएपछि दैनिकी कष्टकर बन्दै गएको छ।
दिनभरि कमाएर ल्याएको पैसाबाट गुजारा चलाउँदै आएका धेरैलाई अब के खाने भन्ने चिन्ताले सताउन थालेको छ । घरमा थोरै जोहो गरेर राखेको चामल दाल सकिएपछि थप चिन्तित बनेका छन् । ज्यालामजदुरी गरेरै गरिबी र अभावग्रस्त रूपमा परिवार चलाउँदै आएका समुदायको जनजीवन अति नै कष्टकर बनेको छ। यद्यपि, जनजीवन सहज पार्नेतर्फ स्थानीय सरकारको ध्यान पुग्न नसकेको पो हो कि भन्ने प्रश्न खडा भएको छ।
सरकारी कार्यालयहरु सुनसान छन् । विश्वमा कोरोना संक्रमण भयावह स्थितिमा छ । अपवादलाई छोडेर गाउँभन्दा सहर प्रभावित भएका छन्। भौतिक सुबिधाको कारण कोलाहलमय शहर पनि बल्ल आराम गर्न पाउँदो हो। प्रदुषणले भरिएको देशकै राजधानीको सडकहरु निकै सफा र राम्रा देखिएका छन्। उपत्यका छाडेर गाउँ फर्कनेको संख्या दिनानु दिन बडेको छ। प्राय ः दशैको समयमा मात्र देख्न पाइने दृश्यहरु आजभोलि देख्न पाइन्छ।
सरकारले अत्यावश्यकबोहेकका सवारीआवागमनमा रोक लगाएपछि तरकारी आउने गाडिहरु, ठुला ट्रक तथा टिपरहरुमा मानिस खशिबोका कोचिएझै गाउँमा जान बाध्य भए। अब हामी बदलिन जरुरि छ । प्रत्यक विपत्तिले पाठ सिकाएर जान्छ भनेको जस्तो हामीले यसबाट राम्रो पाठ सिक्ब्न जरुरी छ। आफ्नो खेतबारी बाँझो राख्नु हुँदैन ।
मिडिया र सामाजिक सञ्जाल
कोभिड –१९ (कोरोना) का विषयमा सामाजिक सञ्जालमा कतिपय भ्रम फैलाउने सामग्रीहरू सम्प्रेषण भैरहेका छन्। यस्तो महामारीको बेला धेरै भ्रम र हल्ला चल्छन। त्यस्ता हल्ला र भ्रमले चिन्ता र डर पैदा गराउँछ। तसर्थ सेलेक्टेड मिडियाका सामग्रीहरु मात्र हेर्नुपर्दछ।
सबै पेजहरुलाई लाइक गर्नाले पनि तपाइको सञ्जालमा भ्रामक सामगी्रहरु आउन सक्छ। तसर्थ मिडियालाई छानेर मात्र पेज लाइक गर्ने हो भने पनि तपाईकोमा गलत सामग्री आउन पाउँदैन। सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरूले प्रवाह गरेका कोरोना संक्रमण सम्बन्धी समाचार, जानकारीलाई शेयर, लाइक वा रिट्विट धेरै हुने गर्दछन्। डर, त्रास र सनसनी फैलने गलत, अतिरञ्जनापूर्ण र अनाधिकृत सूचना वा हल्लाहरुलाई निरुत्साहित गर्नुपर्दछ।
मिडियाले के गर्ने?
अब पत्रकारितालाई कसरी जवाफदेही र मर्यादित बनाउने भन्ने विषयमा गम्भिर हुन जरुरी छ। कोरोना भाइरस संक्रमणको यस्तो संवेदनशील घडीमा पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालना गर्नुपर्दछ।
कर्तव्य र उत्तरदायित्व सहितको पत्रकारिता,आजको आवश्यकता हो। सामाजिक सञ्जालमा(कतिपय मिडियामा समेत) गलत सूचना सम्प्रेषण भैदिँदा जनमानसमा भ्रम सिर्जना हुन गएको देखिन्छ।सत्य तथ्य सूचनादिनु नै पत्रकारको धर्म हो। पाठक, स्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनु पर्दछ।
पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमण सम्बन्धी सत्य–तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्रीमात्र सम्प्रेषण गर्नु पर्दछ। पत्रकार तथा सञ्चार माध्यमले सामाजिक सञ्जालमार्फत् प्रवाह गर्ने कोरोना संक्रमण सम्बन्धी समाचार, लेख, सूचना वा जानकारीहरू मर्या्दित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्दछ।
प्रकाशित: २९ वैशाख २०७७ ०७:१८ सोमबार