२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यकर्मी र सञ्चारकर्मीको स्वाब परीक्षण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्यकर्मी र सञ्चारकर्मीको स्वाब परिक्षण भइरहेकोछ  । सबैभन्दा बढि स्वास्थ्यकर्मी र सञ्चारकर्मी हिडडुल गरिरहने र बिरामीको नजिक हुनु पर्ने भएकोले स्वाब परिक्षण गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रेक्टर निरेश थापाका अनुसार स्वाब संकलन गरेर परिक्षण शुरु भइसकेको छ । सोमबार सम्म स्वाब परिक्षणको रिर्पोट सार्बजनिक हुने रेक्टर थापा बताउँछन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,जनस्वास्थ्य सेवा कार्यालय  र सञ्चारकर्मीको स्वाब संकलन भएको हो ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आफैले पिसिआर मेसिन खरिद गरेर ल्याएपछि धमाधम पिसिआर परिक्षण भइरहेको छ । आइतबार मात्र १ सय ६६ जनाको स्वाब परिक्षण गरिएको हो । अब भारतबाट भित्रिने र यहाँका संकास्पद बिरामीको स्वाब परिक्षण गर्ने तयारी भइरहेकोछ  ।  

पछिल्लो समयमा स्वास्थ्यकर्मी र सञ्चारकर्मीमा पनि कोराना पोजेटिभ देखिन थालेपछि जुम्लामा पनि स्वास्थ्यकर्मी र सञ्चारकर्मीको पिसिआर परिक्षण गर्न थालिएको हो । स्वास्थ्यकर्मी र संचारकर्मी अत्यन्तै जोखिम र धेरैतिर सम्पर्कमा रहने भएका कारण स्वाब संकलन तथा परिक्षणतिर प्रतिष्ठानको ध्यान गएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले बताउँछन् ।  

सो अवसरमा प्रतिष्ठान पदाधीकारीको पनि पिसिआर परिक्षण भइरहेकोछ  । पछिल्लो समय कोरोना रोगथाम तथा नियन्त्रणमा जुम्ला अस्पताल देशकै अब्बल अस्पतालका रुपमा पहिचान कमाउन सकेको छ रजिष्टार काफ्ले भन्छन्,¬¬‘कोराना भाइरसलाई भयावह हुन नदिन प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा सहितको टोली अहोरात्र खटिरहेको छ । ’

कर्णाली प्रदेश सरकारले पनि कर्णालीका पत्रकारहरुको पनि स्वाब लिएर पिसिआर परिक्षण गर्न भनेको थियो ।   कोरोना भाइरससँग लड्न प्रतिष्ठानले पूर्व तयारी गरिरहेको छ, । कोही आत्तिनु पर्ने अवस्था छैन् । रजिष्टार काफ्लेले भन्े,‘कोही नआत्तीकन लगडाउनको पुर्ण पालन गर्दै घरमै बसी सरकारको निर्देशनलाई पूर्ण पालन गर्न आग्रह गर्दछौँ । जुम्लामा मात्र पछिल्लो समयमा एक हजार तीन सय बढीको पिसिआर परिक्षण भइरहेकोछ  । 

प्रकाशित: ४ जेष्ठ २०७७ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App