१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भारतले तत्काल आफ्ना सुरक्षा फौज र कर्मचारी फिर्ता लैजानुपर्छ: बामदेव गौतम

राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षा फौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन्।

चुच्चे नक्सा अनुसारको क्षेत्रफल अझै भएन सार्वजनिक

विभागले मन्त्रालयमा रिपोर्ट बुझाएको १ वर्ष पूरा भइसकेको छ। तर मन्त्रालयले यसलाई सार्वजनिक गर्न पहल गरेको छैन। विभागका सूचना अधिकारी दामोदर ढकालले चुच्चे नक्सा अनुसार क्षेत्रफल मापन गर्न मन्त्रालयबाट विभागलाई निर्देशन आएको र उक्त निर्देशनअनुसार क्षेत्रफल मापन गर्ने जिम्मेवारी विभागले पूरा गरेको बताए।

जनगणनाको प्रारम्भिक नतिजामा लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको छ।

कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएनन् पार्टीका वडा अधिवेशन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले र सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले अधिकांश वडा अधिवेशन सम्पन्न गरेका छन्।

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गरे।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना नहुने

विभागका महानिर्देशक नेवीनलाल श्रेष्ठले यसपटकको जनगण्नामा नेपाल सरकारले दाबी गर्दै आएको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा वसोवास गर्ने नागरिकको तथ्यांक संकलन सम्भव नहरेको बताए। उनले यस विषयमा केन्द्र, प्रदेश, स्थानीय सरकार र सरोकारवालासँग छलफल भइरहेको भए पनि त्यस क्षेत्रमा भारतीय सैनिकको कब्जा रहेकाले जनगणना गर्न सम्भव नभएको अवस्था देखिएको उनको भनाइ छ।

लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा कक्षा ८ र ११ को पाठ्यक्रममा समावेश

कक्षा-११ र कक्षा-८ को पाठ्यक्रममा लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटिएर पाठ्यक्रममा समावेश गरिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।

कालीनदी लिम्पियाधुराबाट बग्ने ऐतिहासिक प्रमाण

सन् १९०७ मा दस्तावेज प्रकाशित हुँदासम्म आफ्ना नियन्त्रित वर्णनहरूद्वारा काली लिम्पियाधुरा अथवा लान्क्प्या लेकबाट निक्लने यथार्थलाई अंग्रेज सरकारले दबाएको झन्डै एक शताब्दी भइसकेको थियो। साथसाथ इस्ट इन्डिया कम्पनी सरकार र बेलायत सरकारद्वारा प्रकाशित कतिपय महत्वपूर्ण नक्साहरूमा लिम्पियाधुराबाटै काली निक्लने देखाइँदै आएको थियो।

‘प्रधानमन्त्रीले टि्वट गरेकाे निशान छापकाे नक्सामा लिम्पियाधुरा खाेइ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैंको उपलक्ष्यमा ट्विट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नेपालको नक्सामा ‘लिम्पियाधुरा गायब गरिएको’ भन्ने हल्ला चलेपछि उनको सचिवालयले खण्डन गरेकाे छ।

लिम्पियाधुरामा हुन्छ जनगणना ?

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड पाखुरा सुर्कासुर्की गर्दा एउटा परिस्थिति, हात मिलाउँदा अर्कै परिस्थिति। त्यो त हाम्रा नेतालाई पनि गजव पाठ भएन र ?

लिम्पियाधुरासमेतको भूभाग समेटिएको पुस्तक प्रकाशनको तयारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरासमेतको भूभाग समेटिएको नक्सासहितको पुस्तक प्रकाशनको तयारीमा मन्त्रालय रहेको बताएका छन्।

‘भारतले तथ्यलाई स्वीकारे विवाद सुल्झिन्छ’

गत नोभेम्वर २ मा भारतले आफैंले विवादित भनेका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपालसँग छलफल नै नगरी आफ्नो नयाँ नक्सामा समेटेपछि सुरु भएको विवाद भारतले लिपुलेकमा एकतर्फी सडक सञ्चालन गरेपछि चर्काे रूप लिएको थियो । भारतको एकतर्फी निर्णयपछि नेपालले ती भूभागलाई समेटेर नक्सा सार्वजनिक गरेपछि दुई मुलुकबीच औपचारिक संवाद बन्द अवस्थामा छ ।

स्याबास सरकार !

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले मुलुकको नयाँ नक्सा स्वीकृत गरेर सबै नेपालीको मुग्धकण्ठले धन्यवाद पाउने काम गरेको छ ।

देखिएकै हो दार्चुला ?

बितेका १२ वर्ष नेपालका सरकारहरूले दार्चुलालाई टेढो आँखाले पनि हेरेनन्। अब अहिलेको सरकार अलि तातेको हो कि दार्चुलाको चिसोमा ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्