२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

भारतले तत्काल आफ्ना सुरक्षा फौज र कर्मचारी फिर्ता लैजानुपर्छ: बामदेव गौतम

राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षा फौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन्।

काठमाडौँमा आज एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै सांसद गौतमले सो नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनै पर्ने पनि बताए।भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उनले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तर्राष्ट्रिय कानुनहरूले पनि सहयोग गर्ने स्पष्ट पारे। 

नेपालको सिङ्गो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्सामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको उल्लेख गर्दै सांसद गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने पनि पटक पटक दोहोर्‍याए।सांसद गौतमले नेपाल कहिल्यै कसैको अधीनमा नरहेको चर्चा गर्दै आफ्ना मिचिएका भूभागहरू फिर्ता लिएरै छोड्ने समेत बताए।  

प्रकाशित: ३० वैशाख २०८० १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App