२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

लिम्पियाधुराप्रति मौनता

भारतले नेपालसँग सीमा जोडिएका २३ जिल्लाका ७१ ठाउँमा ६० हजार ६ सय २७ हेक्टर जमिन मिचेको देखिन्छ। यसमध्ये सबैभन्दा धेरै जमिन सुस्ता र कालापानीमा मिचिएको छ।

कक्षाकोठामै बनाउन थाले विद्यार्थीले लिम्पियाधुरासम्मको नक्सा

झापाको कचनकबलस्थित लक्ष्मी माध्यमिक विद्यालयमा लिम्पियाधुरासम्मको नेपाली भू–भाग समेटेर विद्यार्थीलाई नेपालको नक्सा बनाउन सिकाइएको छ।

कालापानीको प्रमाण जुटाउँदै सरकार

नेपालको भूभाग रहेको लिम्पियाधुरा र लिपुलेकलाई भारत सरकारले भारततिरै पारेर नक्सा सार्वजनिक गरेपछि सरकारले पनि प्रमाण जुटाउन थालेको छ। नेपाल सरकारले भारत सरकारसँग सीमा विवादको विषयमा वार्ता गर्न चाहिरहेका बेला नेपालले आफ्नोतर्फको प्रमाण संकलनमा लागेको हो।

जनमोर्चाको कालापानी अभियान

दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा पर्ने नेपाली भूभाग भारतले आफ्नो नक्सामा राखेपछि पछिल्ला दिनहरूमा नागरिकस्तरबाट दैनिकजसो विरोधका कार्यक्रम भइरहेका छन्। यसैक्रममा राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले कालापानी अभियानको सुरुआत गरेको छ।

लिम्पियाधुरासम्म सीमा कायम गर्न माग गर्दै ध्यानाकर्षण

सीमा बचाउ राष्ट्रिय अभियान नेपालले नेपालको सीमा लिम्पियाधुरासम्म कायम गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। नागरिक अभियन्ता भैरव रिसालको संयोजकत्वमा रहेको अभियानले सीमा बचाउका निम्ति विभिन्न माग राखेर बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई ज्ञापनपत्र बुझाएको छ।

‘कालापानीको मुद्दा नसेलाओस्’

दार्चुला व्यास गाउँपालिकामा रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूभाग गाभेर भारतले नक्सा सार्वजनिक गरेको तीन साता भइसक्यो। त्यसपछि सबैतिर चर्को आक्रोश र विरोध देखियो। सबै राजनीतिक दल नेपाली भूभाग मिचेकोमा विरोध गर्दै भूमि फिर्ता गर्नुपर्नेमा एकमत भए।

नेविसंघको प्रश्नः 'देशको सीमा मिचिँदा सरकार किन मौन?'

नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेपछि नेविसंघ आन्दोलनमा उत्रिएकाे हाे।

काली नदीको मुहान नैसीमा

हालसालै भारतीय नक्साकारहरूले तथाकथित भारतको नक्सा कोर्दा शताब्दियौँ पुरानो नेपाली सीमाको इतिहास पढेका रहेनछन् वा पढ्ने सोचै राखेनन् कि ?

सरकार उपस्थित नहुँदा सम्प्रभुतामा खलल

व्याँस क्षेत्रमा न त सुरक्षा निकायको उपस्थिति छ न अन्य सरकारी संयन्त्रको। स्थानीयलाई आफ्नै भूमि भएर खलंगा आउजाउ गर्ने बाटोसमेत त्यहाँ छैन।

भारतीय अतिक्रमण विरुद्ध नेविसंघको विरोध जुलुस

भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्साभित्र समावेश गरेर सिमाना अतिक्रमण गरेको भन्दै नेबि संघको दिक्तेल बहुमुखी क्याम्पस ईकाइ समितिले सोमबार प्रदर्शन गरेको हो ।

मैले जनगणना गराएको लिम्पियाधुरा

त्यहाँको जनगणना २०१८ सालमा मैले गराएको हुँ। नेपालको त्यो छैटौँ राष्ट्रिय जनगणना थियो। त्यसअघिका पाचौँसम्मको जनगणना पनि निर्विवाद एवं निर्विघ्नता साथ सम्पादन भएका थिए। किनभने २०२० सालसम्म सम्पूर्ण लिम्पियाधुरा क्षेत्रमा कुनै विवाद थिएन। सन् १८१६ को सुगौली सन्धिले नेपालको क्षेत्रफल २ लाख, ४ हजार, ९१७वर्ग किलोमिटर बाट १ लाख,४७हजार १८१ वर्ग किलोमिटरमा खुम्च्याएको थियो।

प्रधानमन्त्री तहबाटै समाधान खोज्न सर्वदलीय सुझाव

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि नेपालको भएको भन्दै प्रधानमन्त्री तहबाटै वार्ता र संवाद गरी सीमा विवाद टुग्याउन सरकारलाई सुझाएका छन्।

सर्वसाधारण आक्रोशित

नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो नक्सामा राखेपछि दार्चुलालगायत सुदूरपश्चिमी जिल्लामा तीव्र असन्तुष्टि व्यक्त भएको छ। यहाँका चिया पसलदेखि चोकचौतारासम्ममा स्थानीयले नेपाली भूभाग अतिक्रमण गरेर भारतले आफ्नो नक्सामा समेटेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्