गङ्गाकिनारका तपस्वी
देवीभक्त लामीटारेसँगको भेटघाट हाम्रो यात्रामा आनन्दको विषय मात्र रहेन, यो त एक बोझिलो जिम्मेवारी पो बन्यो। उनको पछिल्लो अन्तर्वार्तासमेत समेटेर पुस्तकलाई समसामयिक तथ्यहरूका आधारमा अद्यावधिक गर्नु थियो। उनलाई चित्त बुझ्नेगरी पुस्तकको संरचना परिवर्तन गर्नु थियो।

