१४ असार २०८१ शुक्रबार
image/svg+xml

'भाडामा बस्नेलाई सरकारले नै आइसोलेसनको व्यवस्था मिलाउनु पर्छ'

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोरोना अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले कोठा भाडामा बस्ने तथा घर नभएकाहरु कोरोना संक्रमित भए सरकारले नै आइसोलेसनको व्यवस्था गर्नुपर्ने बताएका छन्।

भान्छे कोरोना संक्रमित भएपछि प्रधानसेनापति सेल्फ आइसोलेसनमा

प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि सेल्फ आइसोलेसनमा बसेका छन्।

होम आइसोलेसनले बढ्यो संक्रमण: एकैदिन दुई हजार संक्रमित थपिए

शुक्रबार एकैदिन २ हजार २० जना संक्रमित थपिएका छन्। यसअघि औसत १ हजारदेखि १५ सयको हाराहारीमा संक्रमित हुने गरेकोमा शुक्रबार यति ठूलो संख्यामा संक्रमित थपिएका हुन्।

आइसोलेसन सेन्टर जान्छु भनि हिडेका युवक 'गलफ्रेण्ड'सँग समातिए

आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट निस्किेका एक जना प्रेमीकासँगै पक्राउ परेका छन्। कोरोना पोजेटिभ देखिएको भन्दै श्रीमतीलाई ढाटेर घरबाट निस्किेका उनी प्रेमिकासहित पक्राउ परेका हुन्।

सहयोगिलाई कोरोना देखिएपछि कांग्रेस सभापति देउवा आइसोलेसनमा

कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन्। सचिवालयका एक सहयोगीलाई कोरोना संक्रमण देखिएपछि सभापति देउवा होम आइसोलेसनमा बसेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

आइसोलेसन केन्द्र बन्यो सिरहा कारागार

जिल्ला कारागार सिरहाका ५ सय ९७ कैदीबन्दीमध्ये ५ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त कारागारमा बुधबार एकै दिन २ सय ५९ जना संक्रमित थपिएका थिए। संक्रमित कैदीबन्दीको संख्या ठूलो भएपछि अहिले सिंगै कारागारलाई आइसोलेसन केन्द्र बनाइएको छ। कारागारकी निमित्त प्रमुख बबिता महतोका अनुसार पहिले कारागार कम्पाउन्ड अघिल्तिरका तीन कोठालाई मात्र आइसोलेसन बनाइएको थियो। अहिले करिबकरिब सबै कैदीबन्दी संक्रमित भएपछि कारागारलाई नै आइसोलेसन बनाइएको हो।

उधारोमै सामग्री जुटाएर आइसोलेसन भवन

कोभिड– १९ सङ्क्रमणका बिरामी बढेसँगै सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारमा उधारोमा निर्माण सामग्री र जनश्रमदान जुटाएर आइसोलेसन भवन निर्माण गरिएको छ।

‘आइसोलेसन बेड पुग्दो बनाउन नसक्नु कमजोरी भयो’

हामीले सुरुमा ५०० बेड बराबरको आइसोलेसन सेन्टर तथा वार्डहरू बनाउने योजना बनायौं र विभिन्न ठाउँमा बने पनि । प्रदेशले आफ्नै कोभिड उपचार केन्द्र विराटनगरमा, गोठगाउँमा, धरान बिपीमा, चतरामा, मेची अस्पताललगायतमा बनायो अहिले पनि त्यहाँ सञ्चालनमा छन् । तर त्यस निर्णय बमोजिम समयमा तोकिएको संख्यामा आइसोलेसन वार्डहरू तयार हुन नसक्दा, संक्रमण एक्कासी बढ्दाको परिणाम प्रदेश सरकारको आलोचना बढेको हो ।

चितवनबाट फरार संक्रमित नुवाकोटकाे खाेला किनारमा भेटिए

उनी मङ्गलबार बिहान ६ बजे आइसोलेसनबाट फरार भएका थिए । फरार सङ्क्रमितलाई प्रहरीले स्वास्थ्य मापदण्ड पूरा गरी पक्राउ गरेको जनाएको छ ।

बिरामीलाई आइसोलेसन केन्द्रमा राख्न निर्देशन

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना पोजेटिभ देखिएकालाई घरमा नभई आइसोलेसन केन्द्रमै राख्न निर्देशन दिएको छ ।

रौतहटमा थप आइसोलेसन सेन्टर सञ्चालनमा

रौतहटमा सबैभन्दा ठूलो आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको विशेष पहलमा सबै स्थानीय तहको सहयोगमा देवाही गोनाही नगरपालिकाको धरहरीस्थित जय किसान पोलिटेक्निकल क्याम्पस भवनमा जिल्लाकै ठूलो र व्यवस्थित आइसोलेसन सेन्टर सन्चालनमा आएको हो।

उपत्यकामा ९ सय ५० आइसोलेसन बेड तयार पारिने

विदेशबाट आएका नागरिकलाई राख्न सरकारले काठमाडौं उपत्यकामा ९ सय ५० बेडको आइसोलेसन वार्ड तयार गर्ने भएको छ। यसका लागि तीन स्थानलाई पहिचान गरी एकीकृत क्वारेन्टिन निर्माण समितिले काम थालेको छ।

हरेक स्थानीय तहमा ५० बेडको आइसोलेसन

जुम्लाका एक नगरपालिकासहित ७ वटा गाउँपालिकामा पालिकास्तरीय आइसोलेसन निर्माण भइरहेका छन्।

कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

प्रदेश सरकार र स्थानीय तहले आइसोलेसन बेड प्रबन्ध गर्न नसक्दा विराटनगरका एक जना कोरोना संक्रमितको घरमै मृत्यु भएको छ ।

होम आइसोलेसनमा बस्नेहरुका लागि मापदण्ड

सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । कुनै संक्रमित व्यक्ति आफू घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्