१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

होम आइसोलेसनले बढ्यो संक्रमण: एकैदिन दुई हजार संक्रमित थपिए

शुक्रबार एकैदिन २ हजार २० जना संक्रमित थपिएका छन्। यसअघि औसत १ हजारदेखि १५ सयको हाराहारीमा संक्रमित हुने गरेकोमा शुक्रबार यति ठूलो संख्यामा संक्रमित थपिएका हुन्। शुक्रबार पनि काठमाडाैं उपत्यकामा सबैभन्दा बढी संक्रमित भएका छन्। शुक्रबार बिहीबारको तुलनामा शुक्रबार संक्रमण दर २४ दशमलव ७५ प्रतिशत वृृद्धि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उपत्यकामा शुक्रबार ८ सय ५९ जना संक्रमित भएका हुन्। तीमध्ये काठमाडौंमा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका हुन्। उपत्यकाबाहिर चितवनमा १ सय ९१, सुर्खेतमा १ सय १७, रुपन्देही र कास्कीमा ८६, मोरङमा १ सय १८, बारामा ७८ जना संक्रमित छन्। थपसहित नेपालमा कुल संक्रमित संख्या ६१ हजार ५ सय ९३ जना पुगेको छ। तीमध्ये ४३ हजार ८ सय २० निको भएका छन्।

यसैगरी, थप ७ जनाको संक्रमितको मृत्यु भएको छ। थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु् हुनेको संख्या ३ सय ९० पुगेको छ। यो हिसाबले ०.६३ प्रतिशत निको भएको छ। मृतकमध्ये चार उपत्यकाभित्रका र तीनजना बाहिरका छन्। हाल देशभर १७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित रहेकोमा ८ हजार ८८ जना होम आइसोलेसनमा र ९ हजार २ सय ९५ जना संस्थागत आइसोलेसनमा छन्। गम्भीर लक्षण भएका १ सय ७३ जनाको आइसियु र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

उपत्यका तथा मुख्य सहरमा कोरोना संक्रमण थप बढ्ने आकंलन विज्ञहरुको छ। ‘हामीले छ महिनादेखि भौतिक दूरी कायम गर, मास्क लगाउ भन्यौं, सबैले पालना गरेनन्,’ मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने। ‘भारतमा कोरोना नरोकिएसम्म नेपालमा रोकिन्न’ राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भने।

गुणस्तरीय होम आइसोलेसन र क्वारेन्टिन नहुँदा पनि संक्रमण तीव्र बढेको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। ‘तराईमा क्वारेन्टिनमा बसेकाहरु बिहान घरमा जाने राति सुत्ने आउने गरेको पनि पाइयो,’ महाशाखा प्रमुख पाण्डेले भने। उपत्यकाबाहिर मात्र नभएर भक्तपुरमा समेत क्वारेन्टिनमा बसेका व्यक्ति छतमा गएर नाचेको पाइएको महाशाखा कन्ट्याक्ट टे«सिङ शाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले बताए।

‘सरकारले तोकेको मापदण्डअनुसार न क्वारेन्टिन छन् न होम आइसोलेसन।’ उनले भने। स्थानीय निकायले निर्माण गरेका क्वारेन्टिनको गुणस्तर नभएको र होम आइसोलेसनमा पूर्णतया मापदण्ड पूरा नगरेको पाइएको पौडेलले बताए। यी दुवै निकायलाई गुणस्तरीय बनाउन सरकारले छुट्टै अनुगमन समिति निर्माण गर्नुपर्ने उनको भनाइ छ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तीनवटा निकायले निर्माण गरेका आइसोलेसन सेन्टर र क्वारेन्टिन छन्। यी संरचना हेर्ने छुट्टै अनुगमन समिति नभएको डा. गौतमले स्वीकार गरे। ‘संघले बनाएको संघले हेर्छ, स्थानीय निकायले बनाएको स्थानीय तह र प्रदेशले बनाएको प्रदेशले हेर्छ,’ उनले भने।

प्रकाशित: ३ आश्विन २०७७ ०२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App