१६ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

हरेक स्थानीय तहमा ५० बेडको आइसोलेसन

जुम्लाका एक नगरपालिकासहित ७ वटा गाउँपालिकामा पालिकास्तरीय आइसोलेसन निर्माण भइरहेका छन्। पालिकामा रहेको पायक पर्ने स्थानमा आइसोलेसन निर्माणको काम चलिरहेको हो। जुम्लाको हिमा गाउँपालिकामा ५० बेडको आइसोलेसन निर्माण भएर संक्रमित बसिसकेका छन्। त्यहाँ नेपाली सेनाको रेखेदेख रहने सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए।

उनले भने,‘ पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दा सबै क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ। हरेक स्थानीय तहमा आइसोलेसन निर्माण प्रक्रिया अघि बढेको छ।’ जुम्लामा लक्षण बिनाका संक्रमित देखिएकोले पनि तत्काल गाउँपालिका स्तरका आइसोलेसनमा संक्रमित राखेर निगरानी गरिने छ। हिमा गाउँपालिकामा ६१ जना कोरोना संक्रमित छन्। जसमध्ये ९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्। बाँकी गाउँपालिका स्तरीय आइसोलेसनमा बसेका छन्।

कोरोना देखिएको तर लक्षण नदेखिएको। स्वास्थ्य अवस्था सामान्य रहेकालाई मात्र गाउँपालिका स्तरका आइसोलेसनमा राख्ने तयारी भइरहेको छ। लक्षण देखिएका तर स्वास्थ्य अवस्था असामान्य भएकालाई कर्णाली प्रतिष्ठानको आइसोलेसनमा ल्याइनेछ।  

सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाका अनुुसार जुम्लाका सबै लक्षण बिनाका कोरोना संक्रमित भएकोले अवस्था सामान्य छ। कोरोना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ कार्य धमाधम चलिरहेको छ। गाउँपालिकामा स्थित बजारभएका क्षेत्रमा पिसिआर परीक्षणका लागि स्वाब संकलन कार्य भइरहेको छ। हिमा गाउँपालिकासम्म पुग्यौँ। पिसिआर परीक्षणको दायरालाई फराकिलो बनाउँदै लगिएको छ।

अहिले स्वास्थ्यकर्मी सबै स्वाब संकलन गर्न गाउँमा खटिएका छन्। पालिकास्तरका स्वास्थ्यकर्मी नाम संकलन गरिरहेका छन्। स्वास्थ्य कार्यालय र कर्णाली प्रतिष्ठानको स्वास्थ्यकर्मीको टोली स्वाब संकलनमा ब्यस्त छन्। पालिकास्तरमा बस्ने आइसोलेसनमा कतै नेपाली सेना, कतै प्रहरी र कतै सशस्त्र प्रहरीले रेखदेखको जिम्मेवारी लिनेछन्।  

सबै पालिका र शंकास्पद ठाँउमा स्वाब संकलन भएर परीक्षण भइसकेपछि लकडाउन खोल्ने या नखोल्ने निर्णय हुने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। यसअघि जुम्लाका स्थानीयतहमा झण्डै ८ सय क्वारेन्टिन निर्माण भएका थिए। अहिले क्वारेन्टिनमा बस्ने छैनन्। त्यही सामाग्री आइसोलेसनमा लागि प्रयोग गर्न सकिने अवस्था छ।  

सहजै रुपमा चिकित्सक पुग्न सक्ने, एम्बुलेन्स पुग्न सक्ने र सुरक्षाका हिसावले अनुकुल क्षेत्रमा आइसोलेसन निर्माण गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले जानकारी दिए। कोरोना संक्रमित देखिएसंगै जुम्लामा लकडाउन निकै कडा पारिएको छ। स्थानीय तहमा १० बेडको आइसोलेसन अनिवार्य हुनु पर्ने भएपनि जुम्लामा ५० बेडको आइसोलेसन बनाउन थालिएको हो। यो संगै जुम्लामा ५ सय २८ बेडको आइसोलेसन बन्नेछ।

प्रकाशित: ६ भाद्र २०७७ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App