७ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बिरामीलाई आइसोलेसन केन्द्रमा राख्न निर्देशन

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना पोजेटिभ देखिएकालाई घरमा नभई आइसोलेसन केन्द्रमै राख्न निर्देशन दिएको छ । मंगलबार दिउँसो बसेको समितिको भर्चुअल बैठकले काठमाडौंलगायतका सहरमा कोरोना बिरामीलाई घरभित्रै आइसोलेसनमा राखिएको भन्दै आइसोलेन केन्द्रको व्यवस्था गर्न निर्देशन दिएको हो । पोजेटिभ देखिएकालाई घरमा राख्दा परिवार र समुदायमा सर्ने अवस्था भएकाले सरकारले पर्याप्त आइसोलेसन केन्द्र व्यवस्थापन गर्न निर्देशन दिएको छ ।  

समितिले व्यवस्थित आइसोलेसन सेन्टरमा अक्सिजनसहितको व्यवस्था गर्न र उनीहरूलाई स्वास्थ्यवर्धक र सन्तुलित आहारको प्रबन्ध मिलाउन पनि निर्देशन दिएको छ । काठमाडांै उपत्यकामा बढिरहेको संक्रमण रोकथामका लागि स्थानीय तहसँग समन्वय गर्ने र पोजिटिभ देखिएकालाई व्यवस्थित रूपमा आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । सम्बन्धित व्यक्तिलाई पिसिआर रिपोर्ट मोबाइल, भाइवर, म्यासेन्जरमार्फत तुरुन्त जानकारी दिने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ । राखिएका आइसोलेसन मापदण्ड बमोजिम छ कि छैन त्यसबारे अनुगमन गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ ।

प्रकाशित: १० भाद्र २०७७ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App