१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

रौतहटमा थप आइसोलेसन सेन्टर सञ्चालनमा

रौतहटमा सबैभन्दा ठूलो आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको विशेष पहलमा सबै स्थानीय तहको सहयोगमा देवाही गोनाही नगरपालिकाको धरहरीस्थित जय किसान पोलिटेक्निकल क्याम्पस भवनमा जिल्लाकै ठूलो र व्यवस्थित आइसोलेसन सेन्टर सन्चालनमा आएको हो।

रौतहटमा व्यवस्थित आइसोलेसनको अभावमा संक्रमितहरु घरमै बस्नुपर्ने, होम आइसोलेसनमा बस्दा स्वास्थ्यकर्मीको पहुँच नहुने गुनासो आएको र होम आइसोलेसनमा बस्ने संक्रमितमध्ये कतिपय चाहिाँ बजारमा पनि निस्कने गरेको पाइएपछि व्यवस्थित आइसोलेसन सेन्टरको आवश्यकता महसुस गरिएको थियो। यसै आवश्यकतालाई सम्बोधन गर्न रौतहटका प्रजिअ यादवको विशेष सक्रियतामा व्यवस्थित किसिमको आइसोलेसनको निर्माण कार्य अगाडि बढाइएको थियो।

आइसोलेसन निर्माणको लागि देवाही गोनाही नगरपाकिलाका मेयर धर्मेन्द्रकुमार पटेलको संयोजकत्वमा उपसमिति निर्माण गरी कार्यान्वयनमा ल्याइएको थियो। जिल्लाका हरेक नगरपालिका तथा गाउँपालिकाले आइसोलेसन संचालन गर्न र जिल्लामा पिसिआर मेसिन ल्याएर संचालन गर्न पाँच पाँच लाख रुपैया जिल्ला अस्पताल गौरको एम्बुलेन्स संचालन कोषमा जम्मा गरेका छन्। जिल्लामा पिसिआर मेसिन यही महिनाभित्र जडान भइसक्ने प्रजिअ यादवले बताएका छन्।  

सञ्चालनमा आएको आइसोलेसन सेन्टरमा एकजना मेडिकल अधिकृतको मातहतमा स्वास्थ्य प्राविधिकसहित चार जनाको टोली खटाइएको र थप स्वास्थ्यकर्मी तथा कर्मचारी खटाउने तयारी भइरहेको डा. साहले बताएका छन्।

द्रूत गतिमा निर्माण गरिएको व्यवस्थित आइसोलेसन सेन्टरको प्रजिअ यादव, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्का, सशस्त्र प्रहरीका एसपि सूर्यसेन ओली, राष्ट्रिय अनुसन्धानका प्रमुख एसपि अभिनय सिंह, नेपाली सेनाका कर्णेल सामन्तध्वज खाँण तथा केही स्थानीय तहका प्रमुखहरुले संयुक्त निरीक्षण गरेपछि आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो।

 

 

प्रकाशित: ८ भाद्र २०७७ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App