१६ असार २०८१ आइतबार
image/svg+xml

आइसोलेसन जान मानेनन् कोरोना संक्रमित

कोरोना संक्रमण देखिएपछि आइतबार साँझ डाक्टरको हजुरआमा र फूपूलाई लिन जनप्रतिनिधि एम्बुलेन्ससहित पोखरा–४ स्थित उनको घर पुग्यो । शुरुमा वडाध्यक्ष र सचिवले घरधनी अर्थात चिकित्सकका बुबालाई बोलाए । बुबाको सट्टा उनकी श्रीमती बाहिर निस्किन् ।

आइसोलेसन कि खोर ?

गजेन्द्रनारायण सिंह अस्पतालको साइकृष्ण आइसोलेसनमा राजविराज नगरपालिकाका एक संक्रमित भर्ना भएको पाँच दिन भयो। अर्का साथीसहित ती युवक सो केन्द्रमा मंगलबार भर्ना भएका हुन्। भर्ना भएकै दिनदेखि उनी आइसोलेसन केन्द्रको खराब अवस्था सहन नसकेर सरकारलाई हारगुहार गरिरहेका छन्। तर सुनुवाइ भने भएको छैन।

आइसोलेसनका लागि व्यवसायीले होटल उपलब्ध गराउने

वीरगन्जमा कोभिड अस्पतालमा ठाउँ भरिएर बिरामी जोखिमपूर्ण किसिमले घरमै बस्न बाध्य भएपछि पर्साका होटल व्यवसायीले आइसोलेसनका लागि होटेल र लज दिन तयार रेहको बताएका छन्।

आइसोलेसनको लागि होटेल उपलब्ध गराउने ब्यवसायी संघको प्रस्ताव

वीरगन्जमा कोभिड अस्पतालमा ठाउँ भरिएर बिरामीहरु जोखिमपुर्ण किसिमले घरमै बस्न बाध्य भएपछि पर्साका होटेल ब्यवसायीहरु अगाडि सरेर आइसोलेसनको लागि होटेल र लज दिन तयार रहेको बताएका छन् ।

कोरोना संक्रमित मृतकको परिवारै संक्रमित, घर बन्यो आइसोलेसन केन्द्र

कोरोना संक्रमणबाट मृत्यु भएका राजविराज नगरपालिका–६ का ७३ वर्षीय जेष्ठ नागरिक परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नमुना संकलन सुस्त हुँदा संक्रमणको दर घट्यो

प्रदेश नं.५ मा क्वारेन्टिन र आइसोलेसनहरूमा भिड घटदै गएको छ । पिसिआर परीक्षण गर्ने प्रयोगशालाहरूमा नमुनाको चाँप कम छ । भारत तथा तेश्रो मुलुकबाट फकर्नेहरूको संख्या नगण्य छ । यस अघि क्वारेन्टिनमा बसेकाहरूलाई आरडिटि परीक्षण गरी घर पठाइएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएकालाई पनि १४ दिन आइसोलेसनमा राखेर परीक्षण नगरी घर पठाइएको छ ।

एकै दिनमा २४ जनाले जीते कोरोना, आइसोलेसन बेड खाली हुँदै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन बेड रित्तिन थालेका छन् ।

क्वारेन्टिन रित्तिँदै,आइसोलेसन भरिँदै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेनमा अहिले ३६ जना छन्। कोराना संक्रमितको संख्या बढ्न सक्ने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय २० बेडको आइसोलेसन कक्ष निर्माण भएको थियो।

क्वारेन्टिन रित्तिदै, आइसोलेसनमा थपिदैँ

स्वदेश तथा विदेशबाट भित्रिनेका लागि जुम्लामा झण्डै ८ सय वटा बेडका क्वारेन्टिन निर्माण भए । प्रत्येक स्थानीय तहका विद्यालय र सामुदायीक भवनमा क्वारेन्टिन बने । सबै क्वारेन्टिनमा भारत तथा नेपाल भित्रबाट आएकाहरुले भरिभराउ भए । तर पछिल्लो समयमा यहाँका क्वारेन्टिन रित्तिन थालेका छन् ।

कपिलवस्तुमा रित्तिदै आइसोलेसन

रेड जोनबाट हटेको कपिलवस्तुका आइसोलेसन रित्तिदै गएका छन । सरकारले नया निर्देशिका जारी गरे पछि जिल्लाका आइसोलेसन रित्तिदै गएका हुन । जिल्ला स्वास्थ्य कार्यालय अनुसार कपिलवस्तुमा शु्क्रबार सम्म आइसोलेसनमा ७९ जना मात्र संक्रमति छन्। कुल ७ सय ४४ मध्ये ६ सय ६४ जना घर फर्की सकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आइसोलेसन सेन्टरमा नाचगान

कतिपय आइसोलेसनमा विरामीको भीड भएको बेला बाग्लुङको एक आइसोलेसनमा भने गीत र नृत्यको व्यवस्था गरिएको छ । जिल्लाको गल्कोट नगरपालिकाको आइसोलेसनमा बस्ने संक्रमितहरुको हरदिन संगीत र नृत्यमा झुम्दै बित्छ । ‘आइसोलेसनमा बस्दा उमेरका युवाहरु नाच्थे, हामी हेथ्र्यों, दिन काटेको पत्तै भएन’ दुई दिनअघि मात्रै डिस्चार्ज भएका स्थानीय ४० वर्षीय एक पुरुषले भने ।

कोरोना संक्रमित युवा ४५ दिन देखि आइसोलेसनमा

कोरोना संक्रमितमा लक्षण नदेखिए १४ दिन आइसोलेनमा राखेर घर जान दिने नया सरकारी निर्देशिका जारी भएको बेला कपिलवस्तुमा भने दुई युवाको तीन पटक पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्कर ४५ दिन अघि आफ्नो घर फर्केका शिवराज नगरपालिकाका दुई युवाको तीन पटक पिसिआर जाच पछि अझै पोजेटिभ रिपोर्ट आएको हो ।

आइसोलेसन र क्वारेन्टिन खाली

हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टिन खाली भएको छ। कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ।

वागमती प्रदेशमा २ हजार ४ सय ५० आइसोलेसन बेड थपिँदै

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि वागमती प्रदेशमा आइसोलेसन बेड थप गर्ने भएको छ । कोभिड संकट व्यवस्थापन समितिले आइसोलेसन बेड थप गर्ने निर्णय गरेको छ ।

म्याग्दीमा थप चार जनाले जिते कोरोना, निको हुनेको संख्या ६ पुग्यो

म्याग्दीमा चार जनाले शनिबार कोरोना जितेका छन् । सदरमुकाम बेनीको खुल्लामञ्चको शैक्षिक तालिम केन्द्रको आइसोलेसन वार्डमा उपचाररत एक महिलासहित चार पुरुषले कोरोना जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्