coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आइसोलेसनका लागि व्यवसायीले होटल उपलब्ध गराउने

वीरगन्जमा कोभिड अस्पतालमा ठाउँ भरिएर बिरामी जोखिमपूर्ण किसिमले घरमै बस्न बाध्य भएपछि पर्साका होटल व्यवसायीले आइसोलेसनका लागि होटेल र लज दिन तयार रेहको बताएका छन्।  

वीरगन्जमा कोरोना संक्रमित संख्या बढ्दै गएको र नारायणी अस्थायी कोभिड अस्पतालमा ठाउँ अभावमा थप संक्रमित राख्न नसकिने आवस्था आएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. मदन उपाध्यायका अनुसार कोभिड अस्पतालमा बेड अभाव हुँदा नयाँ २० बढी संक्रमितलाई आइसोलेसनमा राख्न सकिएको छैन।  

आइसुलेसनको लागि अस्पतालमा सैड्ढया अभाव भएपछि केही संक्रमितलाई क्वारेन्टाइनमा राखिएको र बाँकीलाई घरमा राखिएको अस्पताल संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए।  

कोभिड अस्पतालमा संक्रमित राख्ने सैड्ढया अभाव भएको खबर सार्वजनिक भएपछि होटल व्यवसायीले वीरगन्जका होटल र लज आइसोलेसनका रुपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन्। होटल तथा पर्यटन व्यवसायी संघ, वीरगन्ज पर्साले मंगलबार विज्ञप्ति जारी गरेर आइसोलेसनका लागि होटल र लज उपलब्ध गराउन तयार रहेको जनाऊ दिएको हो।  

‘हाल  वीरगन्जमा घरघरमा  पोजेटिभ केस देखिएको र बेड अभावले आइसोलेसनमा राख्न नसक्दा घरमैं यथास्थितिमा छोडिएको अवस्था छ । प्रायः सबैको घरमा अलग्गै कोठा र शौचालय नहुँदा घरका अन्य सदस्य पनि सजिलै संक्रमित भई स्थिति झन विकराल बन्ने देखिएको छ,’ संघका अध्यक्ष हरि पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: १४ श्रावण २०७७ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App