coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमित मृतकको परिवारै संक्रमित, घर बन्यो आइसोलेसन केन्द्र

कोरोना संक्रमणबाट मृत्यु भएका राजविराज नगरपालिका–६ का ७३ वर्षीय जेष्ठ नागरिक परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनको परिवारका पाँच जना सदस्यलाई कोरोना पोजेटिभ पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय राजविराजका प्रमुख दुुनीयालाल यादवका अनुसार मृतक परिवारका पाँचै जना सदस्य कोरोना पोजेटिभ भएपछि उनको घरलाई नै आइसोलेसन सेन्टर बनाइएको छ । घरको एउटा भागलाई सेनिटाइज गरेर लक गरिएको छ । अर्को भागमा पाँचै जना सदस्य बसेका छन । उनको घर नजीकै राजविराजको अस्थायी कोभिड अस्पताल छ । मृतकका छोरालाई अपनाउनुपर्ने सावधानी, सरसफाई, सुरक्षालगायतका विषय जानकारी गराएका छौं’ उनभने,‘घरमै भएपनि उनीहरु सबै चिकित्सकी निगरानीमा छ । बाहिरबाट कुनै सामान ल्याउनु परे घर बाहिर रहेको सुरक्षाकर्मीलाई फोन गरेर मगाउने व्यवस्था मिलाइएको छ ।’

स्वासप्रश्वासमा समस्या भएपछि गत असार ३० गते उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका ७३ वर्षीय जेष्ठ नागरिकको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो । गत्त शुक्रबार कोरोना संक्रमित जेष्ठ नागरिकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपछि उनका परिवारका सदस्य सहित २३ जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा परिवारका सबैमा संक्रमण पुष्टि भएको छ । पोजेटिभ पुष्टि हुनेमा मृतककी श्रीमती, छोरा÷बुहारी र दुई नाति/नातिनी छन । 

उनीहरू ११ वर्ष देखि ६७ वर्ष उमेरका रहेको यादवले जनाए । मृतकको बिउ र ग्यासको डिलर समेत रहेकाले पसलमा काम गर्ने र आवतजावत गर्ने १७ जनाको पनि परीक्षण गरिएको छ । तीमध्ये एकजनाको नतिजा नेगेटिभ आएको र बाँकीको भने नतिजा आउन बाँकी रहेको यादवले जनाए ।  

लकडाउन सुरु हुनुभन्दा अगाडि नै श्रीमतीको उपचारका लागि दिल्ली गएका जेष्ठ नागरिक लडकाउनकै अवधिमा दिल्लीबाट बिहारको दरभंगामा आएर बसेका थिए । उनी दरभंगाको अस्पतालमा पनि उपचार गराएको बताइएको छ । भारतको विभिन्न अस्पतालको यात्रा इतिहास बोकेर असारको दोस्रो सात्ता नेपाल आएका उनी क्वारेन्टिनमा नबसेर सीधै घरमा गएका थिए । उनीहरु घरमै ‘होम क्वारेन्टाइन’ बस्दै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य प्रमुख यादवका अनुसार आइतबार मात्र सप्तरीमा ११ जना संक्रमित थपिएका छन् । यो समेत जिल्लामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु हुनाका साथै ३ सय ७७ जना संक्रमित भएको र २ सय जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित: ४ श्रावण २०७७ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App