४ वैशाख २०८१ मंगलबार
समाज

कोरोना संक्रमित युवा ४५ दिन देखि आइसोलेसनमा

तीन पटक पिसिआर रिपोर्ट पोजेटिभ

कोरोना संक्रमितमा लक्षण नदेखिए १४ दिन आइसोलेनमा राखेर घर जान दिने नया सरकारी निर्देशिका जारी भएको बेला कपिलवस्तुमा भने दुई युवाको तीन पटक पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्कर ४५ दिन अघि आफ्नो घर फर्केका शिवराज नगरपालिकाका दुई युवाको तीन पटक पिसिआर जाच पछि अझै पोजेटिभ रिपोर्ट आएको हो ।  

दुबैले क्वारेन्टिन र आइसोलेसन गरी ४५ दिन बिताएका छन । शिवराजन गरपालिका–३ का १८  वर्षीय तथा वडा नम्बर ११ का १९ वर्षीय युवाको तीन पटक पिसिआर रिपोर्ट पाजेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक चुडामणि भट्टराईले बताए । रोजगारीकालागि भारत गएका दुबै जना गत जेठ ६ गते भारतबाट नेपाल फर्कका थिए । सोही दिन दुबैलाई नगरपालिकोको क्वारेन्टिनमा राखिएको थियो ।  

दुबै जना गत जेठ १६ गते पहिलो पटक संक्रमित भएकोे पुष्टी भएको थियो । दुबै जनालाई रंगीलाल माविको आइसोलेसनमा राखिएको छ । दोश्रो पटक गत असार १ गते र तेश्रो पटक गत असार ८ गते स्वाब संकलन गरिएको थियो । ‘सक्रमित दुई युवाको तीन पटक पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।’ स्वास्थ्य संया्जक भट्टराईले भने ।  

दुबै युवाको चाथौ पटक गत  असार १५ गते फेरी स्वाब संकलन गरी पठाईएको छ । तर रिर्पाृ भने अझै आएको छैन । दुबै युवामा कोरोनाको कुनै लक्षण देखिएको छैन । ‘दुबै जना स्वास्थय देखिएका छन, कोरोनको कुनै लक्षण देखिएको छैन ।’ भट्टराईले भने । ‘सरकारले नया निर्देशिका जारी गरेर लक्ष्ण देखिएको संक्रमितलाई १४ दनि पछि घर जान दिने भनेको छ, तर नगरपालिकाले जाच गरेर मात्र पठाउने गरेका छौं ।’ उनले भने । लगातार तीन पटक पोजेटिभ देखिएको र आइसोलेसनमा ४५ दिन बढी राखे पछि आफुहरू पनि तनावमा परेको उनले बताए ।  

संक्रमित युवाहरूले आफुहरूलाई केही नभएको र घर जान दिन बारम्बार आग्रह गर्ने गरेको उनले बताए । दुबै जनाालाई कति दिन सम्म आइसोलेसनमा राख्नु पर्ने कुनै ठेगान भएको उनले बताए । सो पालिकामा अहिले नौ जना आइसोलेसनमा छन । जस मध्ये दुई जना नयाँ संक्रमित  हुन्। बाँकी पाँच जनाको पनि दुई पटक पिसिआर जाच गर्दा उनीहरूको रिपोर्ट पनि पोजेटिभ आएको छ । पाच जना संक्रमित पनि एक महिना बढी देखि आइसोलनेमा छन्।  

नगरपालिकमा ७४ जना संक्रमित भेटिएका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले नगरपालिकाले संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ नआए सम्म आइसोलनेमा राख्ने निर्णय भएको बताए । गत जेठ २४ गते देखि नया निर्देशिका अनुसार लक्षण नेखिएका बिरामीलाई १४ दिन राखेर घर जान दिने नियम बनाईएको छ । सोही नियमका आधारमा जिल्लाका अधिकांश पालिकाले संक्रमितलाई पिसिआर जाँच बिना घर पठाएको छ ।

जसले गर्दा गाउ समाजमा त्रास बढुनको साथै समुदया मै कोरोना फैलन सक्ने खतरा समेत बढेको छ । ‘रिपोर्ट नेगेटिभ नआए सम्म हामीले संक्रमितलाई आइसोलेसनमा मै राखेको छौ, संक्रमितहरूलाई ढुक्कसंग घर फर्काउन यो कदम चालको हौ ।’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने । दूई युवाहरूको तीन पटक पिसिआर रिपोर्ट पोजेटिभ आउनुले पनि आफुहरूको कदम सही साबित भएको उनले बताए ।  

नया निर्देशिका अनुसार संक्रमितलाई घर जान दिइएकाले कपिलवस्तुका आइसोलेसन रित्तिदै गएका छन्।  जिल्लामा हाल सम्म ७ सय ३४ जना सक्रमित भेटिएका छन्। जसमध्ये पाँच सय ९२ जना घर फर्किसकेका छन । एक सय ४१ नजा मात्र आईसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

प्रकाशित: १८ असार २०७७ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App