८ वैशाख २०८१ शनिबार
समाज

कपिलवस्तुमा रित्तिदै आइसोलेसन

रेड जोनबाट हटेको कपिलवस्तुमा ७९ जना मात्र कोरोना संक्रमित

रेड जोनबाट हटेको कपिलवस्तुका आइसोलेसन रित्तिदै गएका छन । सरकारले नया निर्देशिका जारी गरे पछि जिल्लाका आइसोलेसन रित्तिदै गएका हुन । जिल्ला स्वास्थ्य कार्यालय अनुसार कपिलवस्तुमा शु्क्रबार सम्म आइसोलेसनमा ७९ जना मात्र संक्रमति छन । कुल ७ सय ४४ मध्ये ६ सय ६४ जना घर फर्की सकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

गत जेठ २४ गते सरकारले नया निर्देशिका जारी गर्दै ११४ दिन आइसोलेसनमा बसेका संक्रमितमा कुनै लक्षण नदेखिए घर जान दिने प्रावधान बनाएको थियो । त्यस यता जिल्लामा भेटिएका संक्रमितहरूलाई धमाधम बिना पिसिआर जाँच घर पठाईएको हो । जिल्लाका १० पालिका मध्ये तीन पालिकामा सबै संक्रमित घर फर्किसकेका छन्। यशोधरा र मायादेबी गाउपालिका तथा महाराजगंज नगरपालिकामा भेटिएको सबै संक्रमित घर फर्कि सकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

यशोधरामा जिल्ला कै सबै भन्दा बढी १ सय ६८, महाराजगंजमा १ सय २२ तथा मायादेबीमा ७५ जा संक्रमति भेटिएका थिए । अहिले ती पालिकाका आइसोलेसन खाली छन । कृष्णनगरमा एक जना सुद्धोदन र बुद्धुभुमीमा दुई दु्ई जना मात्र संक्रमित छन । बाणगंगामा ३०,बिजयनगरमा १४, कपिलवस्तुमा २३, शिवराजमा ७ जना संक्रमित छन्।  

कपिलवस्तुको जनजीवन सामान्य बन्दै

कारोना भाईरसको सख्या बढेर त्रसित बनेका कपिलवस्तुबासी अहिले भने निस्फिर्की बनेका छन्। कोरोना संक्रमितको संख्या निरन्तर घटनु र भेटिएको संक्रमतिहरू मध्ये कसैलाई पनि केही नहनुले पनि जिल्लामा अहिले कोरोनाको त्रास हटेको छ । सार्वजनिक बस र बिद्यालय बाहेक जिल्लामा सबै संचालन भएका छ । जिल्लाको बजारहरूमा पहिले जस्तै भीडभाडड बढेको छ । बैक बित्तिय सस्थाहरू खुलेका छन । यहा सम्मकी सर्वसाधारणहरू मास्क समेत लगाउन छाडेका छन्। 

जिल्लामा कोरोनालाई अहिले सामान्यरुपमा लिइएको छ । भेटिएका संक्रमितहरूलाई केही नभएको र यसले केही पनि असर नगर्नै बुझाई भएकाले अहिले जिल्लामा कोरानाबाट डराउन छाडेको स्थानीय रबि ठाकुर बताउँछन्। यहा सम्मकी बिदेशबाट आएकाहरूलाई क्वारेन्टिनमा नराखी सिधै घर पठाउने गरिएको उनले बताए । ‘कोरोनाले पछि के असर गर्द त्यो थाहा छैन तर अहिले जिल्लामा कोरोनासंग अब डराउन  छाडेका छन्।  

जिल्लामा ८ हजार २२४ जनाको स्बाव संकलन गरिएकोमा अब केवल १ सय ८६ जनाको नतिजाआउन बाँकी छ ।

प्रकाशित: १९ असार २०७७ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App