१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

चितवनबाट फरार संक्रमित नुवाकोटकाे खाेला किनारमा भेटिए

फाइल तस्बिर

चितवनको भरतपुरस्थित आइसोलेसनबाट भागेका एक सङ्क्रमितलाई नुवाकोटमा पक्राउ गरिएको छ ।  

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ घर भएका भरतपुर महानगरपालिकाको फोहोर सङ्कलन गर्ने गाडीमा काम गर्ने १९ वर्षीय जोयल भन्ने सुनिल परियारलाई बुधबार बेलकोटगढीकै वडा नम्बर ६ सुकौरा खोलाको किनारबाट पक्राउ गरिएको  त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णुहरि फुँयालले जानकारी दिए ।  

यही भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएका परियारलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षामा राखिएको थियो । उनी मङ्गलबार बिहान ६ बजे आइसोलेसनबाट फरार भएका थिए । फरार सङ्क्रमितलाई प्रहरीले स्वास्थ्य मापदण्ड पूरा गरी पक्राउ गरेको जनाएको छ ।  

फरार सङ्क्रमितको कन्ट्याक ट्रेसिङ भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित: १० भाद्र २०७७ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App