२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आइसोलेसन सेन्टर जान्छु भनि हिडेका युवक 'गलफ्रेण्ड'सँग समातिए

आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट निस्किेका एक जना प्रेमीकासँगै पक्राउ परेका छन्। कोरोना पोजेटिभ देखिएको भन्दै श्रीमतीलाई ढाटेर घरबाट निस्किेका उनी प्रेमिकासहित पक्राउ परेका हुन्।

घटना भारत ईन्दौंरको हो। भारतीय सन्चार माध्यमकाअनुसार कोभिड सेन्टरमा भर्ना हुन भनि निस्केका श्रीमान सम्पर्कविहिन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन्।  

ईन्दौंरको ताजोलमा बस्ने २८ वर्षीय ती पूरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए। लामो समय श्रीमान सम्पर्कमा नआएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन्। उनलाई खोज्न प्रहरीले पहिलो चरणमा जिल्लाका सबै आइसोलेसन सेन्टरमा खोजी शूरु गरेको थियो।

तर लामो समय खोजेपछि उनी अन्तै भेटिए। पुरानो मोबाइल नम्बर बन्द गरेको भए पनि नयाँ नम्बर लिएको खुलेपछि प्रहरीले ट्रेसिङ गरेको थियो। लोकेसनका आधारमा उनलाई प्रहरीले पक्रन सफल भयो। जब उनी फक्राउ परे तब उनको पोल खुल्यो। उनी नाम बदलेर प्रेमिकासँग एउटा घरमा बस्दै आएका रहेछन्।

प्रकाशित: २ आश्विन २०७७ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App