कपिलवस्तु १ (क) मा एमालेका विष्णु पन्थी विजयी
मतगणनाको सुरुवाती चरण देखि नै अगाडी देखिएका पन्थी फराकिलो मतान्तरले बिजयी भएका हुन्।
मतगणनाको सुरुवाती चरण देखि नै अगाडी देखिएका पन्थी फराकिलो मतान्तरले बिजयी भएका हुन्।
धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को २ प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका रामअशिष यादव विजयी भएका छन्।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पति रेशमलाल चौधरीको बिरासत जोगाउन सफल भएकी छन्। उनी अत्याधिक मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुन्।
झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
धादिङ २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन्।
सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका रामशंकर यादव प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
सप्तरी क्षेत्र नम्बर १(२)बाट जनमत पार्टीका सकिल मिया प्रदेशसभा सदस्य निर्वाचित भएका छन्।
जुम्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभियानमा जुट्ने लाग्ने बताएका छन्।
भेरी नगरपालिका १ कालेगाउँ जाजरकोटका ५३ वर्षीय शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभामा ‘हृयाट्रिक’ गर्दै आफुलाई सुरक्षित बनाएका छन्।
कोइराला आफ्ना प्रतिस्प्रर्धि भन्दा २ हजार ८४ मतान्तर बनाएर निवार्चित भएका हुन्
नेकपा माओवादी केन्द्र नौ स्थानमा विजयी भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेताहरु वर्षमान पुन, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल, राजकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर विश्वकर्मा र माधव सापकोटा विजयी भएका छन्।
कैलालीका क्षेत्र नं. १ र २ मा प्रतिनिधिसभा र प्रदेशसभामा एकलौटी जिते पछि नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा विजय र्याली निकालेको छ।
चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकाल विजयी भएका छन्। उनले ३४१८९ मत ल्याउँदै विजयी भएका हुन्।
कपिलवस्तु क्षेत्र नम्बर ३ क मा एमालेका अर्जुनकुमार केसी ७ मत अन्तरले प्रदेश सदस्यमा निर्वाचित भएका छ्न्।
रौतहट क्षेत्र न ४ को प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक नेपालि कांग्रेसका देवप्रसाद तिमल्सिना विजयी भएका छन्।