४ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सप्तरी १ (२) बाट जनमत पार्टीका सकिल मिया विजयी

सप्तरी क्षेत्र नम्बर १(२)बाट जनमत पार्टीका सकिल मिया प्रदेशसभा सदस्य निर्वाचित भएका छन्।  

मियाले प्रतिस्पर्धी जसपाका सुदम्बर यादवलाइ ६२६७ मतले पराजित गर्दै विजयी भएका हुन्। मियाले १६ हजार १ सय ५५ मत ल्याएका छन भने यादवले ९८८८ मत प्राप्त गरेका छन्।  

प्रदेशसभा सदस्यमा निर्वाचित मिया स्थानीय चुनावअघि सम्म जसपामा थिए। राप्रपाबाट तात्कालीन जिल्ला विकास समितिको सदस्य भइसकेका अली ०७४ को निर्वाचनमा माओवादीबाट प्रदेशसभा सदस्य पदमा उम्मेदवार भएर पराजित भएका थिए।

त्यसपछि तत्कालीन संघीय समाजवादी पार्टी हुँदै जसपामा आएका मिया स्थानीय चुनाव भन्दा पहिला जनमत पार्टीमा प्रवेश गरेका थिए। मियाको जितसंगसगै सप्तरीको कूल ८ प्रदेशसभा सिटमा जनमत पार्टीले हालसम्म ४ सिट जितेका छन्।  

सप्तरीको क्षेत्र नम्बर २ को दुबै सिट र ३ को २ नम्बर क्षेत्रबाट यसअघि नै जनमत पार्टीका सतिशकुमार सिंह, महेशप्रसाद यादव र शम्भुकुमार साह निर्वाचित भइसकेका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App