४ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धनुषा २ को प्रदेशसभा २ मा दोहोरिए रामअशिष

धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को २ प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका रामअशिष यादव विजयी भएका छन्।

यादवले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका श्यामकुमार यादव भन्दा ९४८ मत बढी ल्याएर निर्वाचित भएका हुन्। रामअशिषले १० हजार ६ सय १४ मत प्राप्त गरेका छन् भने माओवादीका श्याम ९ हजार ५ सय ६६ मत ल्याएर दोस्रो भएका छन्।  

नेकपा एमालेका संजीव झा ९ हजार २०२ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्। रामअशिष अघिल्लो निर्वाचन पनि तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रकाशित: ८ मंसिर २०७९ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App