८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

पूर्व–छापामारको ‘हृयाट्रिक’

भेरी नगरपालिका १ कालेगाउँ जाजरकोटका ५३ वर्षीय शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभामा ‘हृयाट्रिक’ गर्दै आफुलाई सुरक्षित बनाएका छन्। १ छोरीका बाबु उनी पुर्व मन्त्री सत्य पहाडीका श्रीमान हुन्। स्नातकसम्म अध्यन गरेका बस्नेतले राजनीतिक आन्दोलनका क्रममा १२ वर्ष भूमिगत जीवन बिताएका थिए। सोहि क्रममा उनि दुईपटक प्रहरी हिरासतमा पनि बसे।

उनी २०६४ मा समानुपातिक तर्फबाट पहिलो संविधानसभामा पुगे। २०७० सालमा जाजरकोट १ बाट संविधान सभा सदस्य निर्वाचित बस्नेत २०७४ सालको प्रतिनिधिसभा सदस्यमा जाजरकोटबाट निर्वाचित भएका थिए। २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन तथा वातावरणमन्त्री बने।

२०४१ सालमा अनेरास्ववियुको विद्यालय इकाई समिति र जिल्ला समिति सदस्यबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनले २०४७ सालमा नेकपा मशालको सदस्यता प्राप्त गरे। २०५१ सालमा नेकपा एकता केन्द्र हुदै २०५५ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बने।  

२०५९ सालमा माओवादी पोलिटब्युरो सदस्य र २०७० सालमा एकीकृत माओवादीको स्थायी समिति सदस्य चुनिए। २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य हुदै हाल २०७९ देखि माओवादी केन्द्रको उपमहासचिव छन्।

प्रकाशित: ८ मंसिर २०७९ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App