२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घर भत्किँदा एक जनाको मृत्यु

झरीका कारण घर भत्किँदा दैलेखमा एक जनाको मृत्यु भएको छ।

भैरवी गाउँपालिका –२ बालेसैनिमा घर भत्किँदा घर मालिक अन्दाजी ६५ वर्षका जयबहादुर थापाको पुरिएर मृत्यु भएको हो।  

त्यस्तै उनको श्रीमती ६३ वर्षीया लक्ष्मी घाइते भएकी छिन्। उनको उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइते जयबहादुर थापाको उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो।

शुक्रबार विहान वर्षाका कारण दुईतले कच्ची घर भत्किएको दैलेख प्रहरी प्रवक्ता इन्द्रजीत सुनारले बताए।

प्रकाशित: ७ जेष्ठ २०७८ ११:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App