२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आठ महिने गर्भवतीको सामूहिक बलात्कार, ३ जना पक्राउ

कपिलवस्तु– कपिलवस्तुमा गर्भवती महिलाको सामूहिक बलात्कार भएको छ। देशभर बलात्कारका घटना श्रृंखलाबद्ध रुपमा बाहिर आइरहेको बेला कपिलवस्तुको बिजयनगर गाउँपालिका ७ मा मानसिक अवस्था कमजोर रहेकी एक ३८ बर्षीया महिलालाई बलात्कार गरको आरोपमा ३ जना पक्राउ परेका छन्। 

घरमा श्रीमान नभएको मौका छोपी ३ जनाले गत भदौ १२ गते राती १० बजेतिर महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। पीडित महिलाका श्रीमानले भदौ १३ गते किटानी जाहेरी दिएपछि स्थानीय बकन्चु केवट, प्रह्लाद केवट, बर्षती केवटलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवी रावलले बताए। ‘राम्ररी बोल्न नसक्ने र मानसिक रुपमा कमजोर रहेकी ८ महिने गर्भवती श्रीमतीलाई ३ जनाले बलात्कार गरे’, पीडित महिलाका श्रीमानको जाहेरीलाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक नबिव पौडेलले भने। 

बर्षाती भदौ १३ गते र भदौ १४ गते प्रहद पक्राउ परेका थिए। फारार रहेका घटनाका मुख्य आरोपी बकन्चु केवटलाई भारतको सन्सरी भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरी निरीक्षक पौडेलले बताए। घटनाको अनुसन्धान र आरोपीहरुसंग बयान लिने काम भइरहेको उनले बताए। पीडित महिलालाई उपचारका लागि बहदुरगंज अस्पताल लगिएको थियो। उपचारपछि उनलाई घर पठाइएको र उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक पौडेलले बताए। पक्राउ परेको अभियुक्तविरुद्ध जबरजस्ती करण ऐनअन्र्तगत मुद्दा चलाइने उनले बताए। 

प्रकाशित: १७ भाद्र २०७५ १४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App